२०८० जेष्ठ २, मंगलवार ०७:१९

शागर बेल्बासे ,कपिलवस्तु
राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिको आकर्षण मा हरेक बर्गले स्वतस्फूर्त सुभेच्छा बढाउदै जाँदा आज कपिलवस्तु मा पनि केन्द्रिय सदस्य कमल सुबेदिले अगुवा नेता तथा कार्यकर्ता लाई संक्षिप्त प्रशिक्षण दिनु भएको छ।कपिलवस्तुको बाणगङ्गा नगर कार्य समिति को कार्यालय जितपुरमा लुम्बिनी प्रदेश सभापति देवराज पाठक,प्रदेश प्रवक्ता कमल पोख्रेल ,प्रदेस सद्स्य तथा र्यापिट एक्सन टिम संयोजक बिनय घिमिरे ,प्रदेस सदस्य रोम बराल,जिल्ला सभापति शिव कुमार सुवेदी,उपसभापति गिता शर्मा को उपस्थिति मा नगर तथा गठित वडा का सभापति तथा सल्लाहकार एबम कृयाशिल सदस्यता लिएका अगुवा कार्यकर्ता हरुलाइ प्रसिक्षण दिएको नगर सभापति बुद्धि शागर बेल्बासेले जानकारी गराउनु भएको छ।

 जेष्ठ २ गते नै बाणगङ्गाको वार्ड नम्बर ५ को समिति गठन र वडा कार्यालय को उद्द्घाटन समेत रहेकाले ५ नम्बर वडा बासी सबैलाइ भोलि उपस्थित हुन आग्रह समेत बेल्बासे ले गर्नु भएको छ।आजको कार्यक्रम मा केन्द्रिय सदस्य तथा प्रदेश सभापति सहितको टोलिलाइ जिल्ला सभापति शिबकुमार सुवेदी र नगर सभापति बेल्बासे ले पुस्पगुच्छा सहित नगर समिति को कार्यालय मा स्वागत गर्नुभएको थियो।

कार्यक्रम मा पार्टी का हरेक गतिविधि र भावी लक्ष्य का बिसयमा धेरै कार्यकर्ता हरुले जिज्ञासा् राखेका थिए। पुराना पार्टी बाट सिद्धान्त अनुरुप को नेतृत्व ले काम नगर्दा नयाँ पार्टी को जन्म भएकाले नयाँ ढङ्गले प्रबिधिमैत्री पार्टी को परिचय बनाउन हरेक गाउँ टोल बाट क्षमतावान नेतृत्व चयन गर्दै अगाडि बढन केन्द्रिय सदस्य कमल सुवेदीले निर्देश गर्नुभएको छ।

तल्लो तहबाट अशल नेतृत्व छनौट गर्ने विधि र ढाकाराम को कार्वाही प्रक्रिया लाई सहि ढङ्गले अनुसरण गर्न समेत केन्द्रिय सदस्य सुवेदी र प्रदेस सभापति देवराज पाठक ले आग्रह गर्नु भएको छ।बाणगङ्गा सहित कपिलवस्तु का अधिकांश वडा र पालिका का धेरै साथीहरू जोडिसकिएकाले परिवर्तनको पक्षमा रहेका सबै जनतालाइ आआफ्नो क्षमताको आधार मा जनताको सेवा गर्ने स्वार्थमा पार्टी भित्र छिटो जोडिन प्रदेश प्रवक्ता कमल पोख्रेल र जिल्ला सभापति शिबकुमार सुवेदी ले एकसाथ अनुरोध गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय