
कपिलवस्तु
राष्ट्रिय स्वतन्त्र पार्टी को संगठन बिस्तार मा तिब्रता देखिएको छ।बाणगङाको वार्ड नम्बर ५ को झन्डा मा भएको वडा भेलाले धनिश्वर खनाल को सभापतित्वमा वडा समिति गठन गरेको छ।जसको सचिब मा लक्ष्मी गैरे,कोषाध्यक्षमा शृजना आचार्य सदस्य हरुमा क्रमश जुना पन्थी,राधिका भट्टराई ,तुलसा अधिकारी ,बिपिन पोख्रेल,प्रेम बहादुर नेपाली लगायत को वडा समिति निर्वाचित भएको छ।
उक्त वडा भेलाको सभापतित्वमा त्यसै वडाका सम्मानित जेष्ठ नागरिक डाल प्रसाद भुसाल हुनुहुन्थ्यो।प्रमुख अतिथी रास्ट्रीय स्वतन्त्र पार्टी का लुम्बिनी प्रदेस प्रवक्ता कमल पोख्रेल ,जिल्ला सभापति शिव कुमार सुवेदी र जेष्ठ नागरिक खुमानन्द पोख्रेल को बिशिस्ट आतिथ्यता,वार्ड नम्बर २ र ११ का वडा सभापति षडानन्द न्यौपाने र नारायण खनाल, औषधि ब्यबासाइ संघ का पुर्व जिल्ला उपाध्यक्ष बिक्रम थापाको आतिथ्यतामा वडा समिति तथा वडा पार्टी कार्यालय समेत उद्घाटन गरिएको छ।कार्यक्रम को संचालन नगर सभापति बुद्दी सागर बेल्वासेले गर्नुभएको थियो।
यश संगै बाणगङ्गा नगरपालिका मा ४ वटा समिति गठन भैसकेको ले क्रमश अन्य वडा मा पनि तत्काल गठन गर्ने तयारी रहेको जिल्ला सभापति शिवकुमार सुवेदीले जानकारी दिनुभएको छ।