२०८० जेष्ठ ९, मंगलवार ०६:४८


शागर बेल्बासे,
कपिलवस्तु
मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु ले सदरमुकाम तौलिहवा को भिक्षु चोक मा भुटानी शरणार्थी प्रकरण , कुसासन र दण्डहीनता विरुद्धमा धर्ना दिएको छ।जिल्ला सभापति माधब घिमिरे को नेतृत्व मा उक्त धर्ना दिइएको थियो।धर्ना कार्यक्रम अर्घाखाँची जिल्ला सभापति निलकण्ठ भुसाल लगायत स्थानिय अधिकार कर्मी तथा आम नागरिक को सहभागिता मा अधिकार कर्मिले दण्डहीनता, कुसासान र भुटानी शरणार्थी काण्ड को बिषयमा आआफ्ना धारणा राखेको समेत कपिलवस्तु जिल्ला सचिब बुद्दी सागर बेल्बासेले जनाउनुभएको छ।

मानव अधिकार तथा शान्ति समाज को केन्द्रिय निर्णय अनुसार उक्त धर्ना कार्यक्रम हिंज जिल्ला प्रसासन को गेट तौलिहवामा मा गरिएको थियो भने आज सदरमुकाम तौलिहवा कै भिक्षु चोकमा गरिएको सचिब बेल्बासेले जनाउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय