२०८० जेष्ठ ९, मंगलवार ०६:५२

बुटवल । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । मुख्यमन्त्री डिल्ली चौधरीले कांग्रेस, जसपा र जनमत पार्टीबाट नियुक्त गरेका एक(एक जना मन्त्रीले प्रदेश प्रमुखको कार्यालयमा सपथ लिएका हुन् ।

कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्री, जनमतबाट चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री र जसपाबाट भण्डारीलाल अहिर कृषिमन्त्री नियुक्त भएका थिए । उनीहरुले सपथ लिएका हुन् । त्यस्तै दुई जना विनाविभागीय मन्त्रीको पनि जिम्मेवारी तोकिएको छ । नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार विकास मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्लायको जिम्मेवारी तोकिएको हो ।

यसअघि माओवादीका धनबहादुर मास्कीले आर्थिक मामिला मन्त्रालयको जिम्मा पाएका थिए । लुम्बिनीमा अझै केही मन्त्रालय रिक्त नै छन् । बाँकी मन्त्री बजेटपछि नियुक्त हुने सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जाकारी दिए । माओवादीमा आन्तरिक विवाद भएपछि बाँकी मन्त्री नियुक्ति बजेटपछिका लागि तय भएको स्रोतको भनाइ छ । माओवादीबाट कृष्णा केसी नमुना र दिपेन्द्र पुनको नाम चर्चामा छ ।

लुम्बिनीका मुख्यमन्त्री चौधरीले बैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए । कांग्रेसका डिल्ली चौधरी नेतृतव सरकारलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीनरतीन जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एकरएकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय