२०८० जेष्ठ ११, बिहीबार १३:२१

गुल्मी,
गुल्मी अस्पताललाई रेसुङ्गा नगरपालिकाले सी–आर्म मेसिन हस्तान्तरण गरेको छ । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेयलाई २८ लाख ?पियाँ बढी लागतको हाडजोर्नीको शल्यक्रियाका लागि आवश्यक पर्ने सी–आर्म मेसिन हस्तान्तरण गर्नुभएको हो । स्वास्थ्य क्षेत्रमा निकै फड्को मार्ने गरी काम अगाडी बढाएको नगरप्रमुख पन्थीको भनाइ छ ।

छोटो समयको अवधिमा नगरपालिकाभित्रका सबै वडाका नागरिकहरूको निःशुल्क मोतिया बिन्दुको शल्यक्रिया गर्नेदेखि गुल्मी अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन गर्ने लगायतका महत्त्वपूर्ण कार्यहरू गरिएको उहाँले बताउनुभयो । गुल्मी अस्पतालका हाडजोर्नी विशेषज्ञ डा.प्रदीप शिवाकोटीले यो उपकरण आइसकेपछि थप सेवा सुविधा बढ्ने बताउनुभयो ।

केही समयअघि मात्रै रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पताललाई प्राप्त ६५ लाख ३६ हजार ४६६ ?पियाँका पाँच वटा डायलिसिस मेसिन हस्तान्तरण गरेको थियो । यसअघि रेसुङ्गा नगरपालिकाको सहयोगमा गुल्मी अस्पतालमा अर्थोपेडिक सेवा, गाइनोको विशेषज्ञ सेवा सञ्चालन भइरहेको छ । सी–आर्म मेसिन हस्तान्तरण कार्यक्रममा रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेविक कुँवर, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल, गुल्मी अस्पतालका प्रमुख डा.राजेन्द्र जिसी पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय