२०८० जेष्ठ ३१, बुधबार ०७:३०

बुटवल, ३१ जेठ । रुपन्देही प्रहरीले अर्कै साथीलाई परिक्षा दिन लगाएर जागिर खाएका एक कर्मचारी र अर्कैको नामबाट लोकसेवा आयोगको लिखित परीक्षा दिने एक जना गरी दुईजनालाई पक्राउ गरेको छ। लोकसेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं।१३८१२ र ०७६र०७७ ९मधेश० एकिकृत तथा संयुक्त, खरिदार वा सो सरहको बुटवल केन्द्रमा संचालन भएको लिखित परीक्षामा अर्कैको नाममा परिक्षा दिने र दिलाउने दुबैजनालाई प्रहरीले पक्राउ गरेको हो।उक्त विज्ञापन अनुसार पहिलो पत्रको परीक्षा २०७७ फागुन २९ गते र दोश्रो र तेश्रो पत्रको लिखित परीक्षा २०७८ साउन १६ गते लिईएको थियो।


तिनवटै लिखित पत्रको परीक्षामा परीक्षार्थी राजविराज ११ सप्तरीका ३३ वर्षिय मनोज कुमार सुतिहारको नामबाट सोहि स्थानका ३० वर्षिय नारायण यादवले लोकसेवा आयोगको लिखित परीक्षाको उत्तर पुस्तिका तयार पारेका थिए।प्रहरीले परीक्षा दिने सुतिहार र परीक्षा दिलाउने यादव दुबैजनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामु अर्यालका अनुसार सुतिहार हाल कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुमा सह–लेखापाल पदमा कार्यरत छन् भने यादव जिल्ला हुलाक कार्यालय सप्तरीमा नायव सुब्बा पदमा कार्यरत रहेका छन्।प्रहरीले दुबैजनालाई पक्राउ गरि लिखित सम्बन्धी कसुर अन्तर्गत मुद्धा दर्ता गरि अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय