सागर बेल्बासे,कपिलवस्तु
कपिलवस्तु रास्ट्रीय स्वतन्त्र पार्टी को पहिलो बार्सिक उत्सव को अवसर मा मिति २०८०र०३र०१ गतेदेखि ७ गतेसम्मको कार्यक्रम मध्ये कपिलवस्तु कै धार्मिक एबम पर्यटकीय स्थल कैलाश आश्रम मा पहिले रोपिएका कागती लगायत का धेरै बोट बिरुवालाइ अनावश्यक झारपातले पुराएको नोक्सानी मा सबैले हंसिया सहित ती झारपात सरसफाइ गरिएको छ। प्रदेश ,जिल्ला ,निर्वाचन क्षेत्र ,नगर का साथै १,२,३,४,५,८ वडा को प्रतिनिधिमुलक उपस्थिति मा सामुहिक सरसफाइ कार्यक्रम गरिएको छ। धेरै ले बृक्षारोपण गर्ने तर त्यस्को संरक्षण मा नलाग्ने देखिएकाले यस्तै ब्यबहारिक कार्य संगै आत्मनिर्भर बन्ने अभियान रहेको जिल्ला सभापति शिव कुमार सुवेदिले जानकारी गराउनु भएको छ।
१ गते बृक्षारोपण,२ गते वडा भेला तथा समिती गठन ,३ गते सरसफाइ ,४ गते फलफूल बितरण,५ गते बृहत रक्तदान लगायत का कार्यक्रम को पुर्व तयारी अनुसारको कार्य गरिने क्षेत्रीय सदस्य बिक्रम थापा र हेमन्त श्रेष्ठले जनाउनु भएको छ।संख्यात्मक हिसाबले भन्दा पनि गुणात्मक हिसाबले राज्य तथा सम्बन्धित निकायबाट ओझेलमा परेका कार्यलाइ ब्यबहारिक रुपमा देखाउने संस्कारको बिकासका लागि हरेक क्षेत्र मा काम गर्दै सांच्चिकै परिवर्तन अनुभुती गराउने अभियान मा अनवरत लागिरहने बाणगङ्गा नगर सभापति बुद्दी सागर बेल्बासे ले जनाउनु भएको छ।रास्वपाको सरसफाइ कार्यक्रम कैलास धामको परिसर मा पारेकोमा समग्र गुरुकुल परिवार अत्यन्तै हर्सित र आगामी दिनका हरेक कठिनाइ मा यहाँ हरुको सहयोग को अपेक्षा राखेको ब्यबस्थापन समिति का अध्यक्ष प्रेमराज घिमिरेले जनाउनु भएको छ।



साथै आश्रम संचालनमा राज्यको सहयोग प्रयाप्त नभएकाले विभिन्न सिपमुलक र आत्मनिर्भर का योजनामा रास्वपाको भुमिका महत्त्वपूर्ण रहने आशा समेत अध्यक्ष घिमिरेले राख्नुभएको थियो।यो बर्स कम्सेकम ३ लाख जनै उत्पादन गर्ने लक्ष्यसाथ ४० जना लाई जनै बनाउने तालिम दिई सांचाहरु पनि आइ सकेका तर धागो खरिदमा लगानी अभाब भएकाले धागो खरिद का लागि लगानी फिर्ता हुने गरि लगानिकर्ता को पहलमा लागिएको समेत जानकारी गराउनुभएको थियो।परिवर्तनको हल्ला मात्रै हो कि भन्ने लागिरहेकालाइ आजको अभियान मा यहाँहरुको प्रत्यक्ष सहभागिता मा गरेको यो काम ले संच्चिकै परिवर्तन ल्याउन यसरी लागे मात्रै सम्भब देखिएको कैलाश आश्रम का ब्यबस्थापक मोहन पन्थिले आशा राख्नुभएको थियो।
कार्यक्रम प्रदेश सदस्य एबम शिक्षा बिभाग प्रमुख रोम बराल,जिल्ला सभापति शिव कुमार सुवेदी , निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्य बिक्रम थापा,हेमन्त कुमार श्रेष्ठ क्षेत्र नम्बर २ का अनुप मरासिनी ,बाणगङ्गा नगर सभापति बुद्दी सागर बेल्वासे,वडा नम्बर २ र ११ का सभापति षडानन्द न्यौपाने र नारायण खनाल लगायत कैलास आश्रम मा आवद्ध ब्याक्तित्व हरुको प्रत्यक्ष उपस्थिति मा आजको सरसफाइ अभियान सम्पन्न भएको छ।







