२०८० असार २८, बिहीबार ०७:५२

कपिलवस्तु – नेपाल मोबाईल व्यवसायी महासघंले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा बुधबार एक कार्यक्रमका विच गरिब बिपन्न परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको छ । बाणगंगा नगरपालिका वडा नं। २ पिपरा स्थित शारिरीक रुपमा असक्त एवं विपन्न रहेका भक्त बहादुर थापाको परिवारलाई खाद्यन्न सामाग्री वितरण गरिएको हो । १५ हजार रुपैया बराबरको चामल, दाल, नुन, तेल लगाएतको खाद्यन्न सामाग्री प्रदान गरिएको संस्थाका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशको बरिष्ट उपाध्यक्ष केशव खनालले जानकारी दिनुभयो । कोरोनाको महामारीको समयमा पनि नेपाल मोबाईल व्यवसायी महासघंले स्वास्थ्य सामाग्री वितरण गर्दै आएको थियो भने अहिले पनि संस्था विभिन्न समाजिक कार्यमा अग्रसर रहि आएको र आगामी दिनमा पनि सामाजिक कार्य गर्दै जाने खनालले बताउनुभयो ।

खाद्यन्न वितरण गर्दै वडा अध्यक्ष विष्णु पौडेलले गरिब बिपन्न परिवारलाई वडाले पनि बेला बेलामा राहतका सामाग्रीहरु वितरण गर्दै आएको बताउनुभयो । प्रदेश सदस्य विकास न्यौपाने लगाएत समाजसेवि बृद्धिजिबीहरुको उपस्थिती रहेको थियो भने जिल्ला अध्यक्ष माधव बन्जाडेको अध्यक्षता , सचिव दिलिप गाहामगरको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय