कपिलवस्तु, ८ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुले बाणगंगा नगरपालिकाको सेवा सुविधा कम तर ऐकिकृत सम्पती कर दोब्बर बनाएको भन्दै नगरपालिकाको ध्यानाकर्षण गर्दै पत्रकारलाई प्रेस विज्ञप्ती बुझाएका छन् । यस अगाडी बुझाएको ज्ञापन पत्रको सुनुवाई नै नभएको भन्दै पत्रकार महासंघका कोषाध्यक्ष मोहन बेल्वासे मार्फत सिंगो संचार क्षेत्रबाट समेत सुसुचित गर्न , जन दवाव श्रीजना गर्न र दवाफदेही बनाउन प्रेस विज्ञप्ती जारी गरिएको नगर सभापती बुद्धि सागर बेल्वासेले जानकारी गराएका थिए ।
जारी विज्ञप्तीमा प्रश्न गर्दै भनिएको छ “ नगरवासी किसान ,उद्योगी,व्यापारी,तथा अन्य नगरवासीको दैनिक जिवन यापनमा सुधार हुने के कस्ता कार्यक्रम ल्याउनुभयो ?
विना सेवा सुविधा कर वृद्धि गर्न कुन नैतिकताले दिन्छ ?
राज्यको ढुकुटिबाट तलव सुविधा खाने वर्गको हित हुने गरी ल्याईने ऐन, कानुनहरु, धनि वर्गको पक्ष पोषण गर्ने , चर्को शुल्क तिरेर पढ्नेको पढाई मात्र गुणस्तरिय हुन्छ भन्ने मनोवृद्धि रहदा सम्म नगरको सहि योजना बन्न सक्दैन” भन्दै चेतावनी स्वरुप घर जग्गा करको निर्णय खारेजीको माग गरेको छ । साथै विज्ञप्तीमा अगाडी भनिएको छ “ नगर भित्रको यावत समस्याको समाधानका लागी नगरले गरेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी सहयोग र सहकार्य गर्ने भन्दै हरेक वेथिति विसंगतिका विरुद्ध सम्पुर्ण किसान उद्योगी, व्यापारी मजदुर तथा आम नगरवासी को समेत उपस्थितिमा गरिने जनदवावको जवाफदेहीता स्वयम नगरले लिनुपर्ने जनाएको छ ।
यता यस सन्दर्भमा पत्रकारसँग संक्षिप्तमा बोल्दै नगर प्रमुख चक्र अर्यालले एकृकित सम्पती करमा केही वृद्धि भएको र सो विषय आफु एक्लैले नगरेर कार्यपालिकाको निर्णय अनुसार भएको भन्दै उद्योग वाणिज्य संघ संग यस विषयमा छलफल चलिरहेको भन्दै केही दिनमा कम गर्न सकिने बताए । रास्वपाले यस अगाडी किसानले पालेका पशुमा लम्कि स्किनको प्रकोपले किसान मारमा परेको र त्यो तत्काल उपचार व्यवस्था मिलाउनुपर्नै , छाडा चौपाया व्यवस्थापन गर्नुपर्ने भन्दै ज्ञापन पत्र बुझाएको बताएको छ ।