दाङ- बारीमा लगाएको मकैमा सखाप पार्द किसान समस्यामा दाङको पहाडी क्षेत्र तथा जंगलका नागरिकहरुले जंगली जनवारको निकै आतंक भोग्दै आएका छन् । बारीमा लगाएको मकैमा बाँदर तथा जंगली बँदेललेका कारण किसानहरुले निकै समस्यामा परेका छन् । तुलसीपुर बजारसंग सटेको वडा तुलसीपुर—७, का नागरिकहरु बँदेल आतंकका कारण निराश समेत बनेका छन् । जंगलबाट आउने बँदेलले बारीमा लगाएको मकै सिध्याउन थालेपछि उनीहरुले स्थानीय सरकार तथा सम्बन्धित निकायलाई हारगुहार गरेका छन् ।









