भालुवाङ १२ भदौ ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले गिद्ध संरक्षणमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । यस आर्थिक बर्षमा तीन करोड बजेट बिनियोजन ।गिद्ध संरक्षण अभियान सञ्जाल नेपालको आयोजना एवम् नेपाल पंक्षी संरक्षण संघ काठमाडौँको सहयोगमा दाङ—देउखुरी भालुबाङमा आयोजित लोपोन्मुख अवस्थामा रहेको गिद्ध संरक्षण सम्बन्धी लुम्बिनी प्रदेश स्तरीय कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री मास्कीले यस्तो बताउनुभएको हो ।









