कपिलवस्तु, नारायण पाण्डे
उद्योग व्यापार संघ कपिलवस्तुले उपभोक्ताले सर्वसुलभ रुपमा गुणस्तरिय वस्तु तथा सेवाको उपभोग गर्न पाउनु पर्नेमा जोड दिंदै अनुगमनकारी निकायहरुलाई अनुगमनमा सहभागी गराउन आग्रह गरेको छ ।
राष्ट्रिय स्वाधीनताको लागी राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधीकरण भन्ने मुल नाराका साथ उद्योगी व्यवसायीहरुको हक हितमा काम गरिरहेको उद्योग व्यापार संघ, कपिलवस्तुले एक एक अनुरोध पत्र जारी गर्दै बजार अनुगमनमा सहभागी गराउन आग्रह गरेको हो ।
उद्योग व्यापार संघ, कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल कोपिल को हस्ताक्षरित अनुरोध पत्रमा यस्तो लेखिएको छ ।
“आदरणीय एवं सम्मानित सम्पुर्ण सम्बन्धित उद्योगी व्यवसायीहरु,
उपभोक्ताहरुबाट आउने गरेको विभिन्न जनगुनासो एवं सरकारी निर्देशनका कारण जिल्लाका अनुगमनकारी निकायहरु जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, आन्तरिक राजस्व कार्यालय, स्थानीय तह एवं सुरक्ष निकाय सम्मिलित टोलिले कपिलवस्तु जिल्लाभर अनुगमनलाई तिव्रता दिएको जानकारी आएको छ जुन कार्य अत्यन्तै सराहनिय छ । उपभोक्ताले सर्वसुलभ रुपमा गुणस्तरीय वस्तु तथा सेवाको उपभोग गर्न पाउनु पर्छ भन्ने मान्यतामा उद्योग व्यापार संघ कपिलवस्तु दृढ प्रतिबद्ध छ । तर अनुगमनका क्रममा व्यवसायीलाई सुधार गर्ने मौका दिनुपर्छ भन्ने कुरामा प्रतिबद्ध छौं साथै अनुगमनका क्रममा स्थानिय व्यवसायिक संघ संस्था लगायत उद्योग व्यापार संघ कपिलबस्तुलाई जानकारी गराई अनुगमनमा सहभागि गराउनुहुन हामि सम्पुर्ण अनुगमनकारी निकायहरुलाई हार्दिक अनुरोध गर्दछौं ।
अनुगमनको क्रममा बिभिन्न खाद्य उद्योगमा ब्राण्ड एवं लेवल नभएका प्याकेजिङ्ग भेटिएको उचित स्थानमा भण्डारण नभएको, मिष्ठान्न एवं दुग्ध डेरी, होटल एण्ड रेष्टुरेण्टहरुमा अखाद्य वस्तु भेटिएको सरसफाईमा ध्यान नदिएको भान्सा निकै फोहोर देखिएको मासुजन्य पसलहरु व्यवस्थित नभएको कस्मेटिक पसलहरुमा म्याद गुर्जिएका सौन्दर्य प्रसाधनका सामाग्रीहरु भेटिएको, खाद्यको अनुज्ञा पत्र नलिएको व्यवसाय दर्ता तथा नविकरण नभएको म्याद गुजेका सामान एवं औषधिहरु छुट्टै एक्सपायर जीनमा राख्नुपर्नेमा पसलमै राखेको लगायतका कुराहरु प्रमाणसहित आएको पाईएको हुदा हाम्रा सम्पुर्ण उद्योगी व्यवसायीहरुलाई आ–आफ्नो व्यवसाय व्यवस्थित मर्यादित एवं उपभोक्ताको अधिकार तथा मानव स्वास्थ्यका बारेमा समेत ध्यान दिई गुणस्तरीय एवं सर्वसुलव सेवा प्रदान गर्नुहुन अनुरोध गर्दछौ । अनुगमनका क्रममा अनुगमनकारी निकाय र व्यवसायीहरुलाई असहज महशुस भएको अवस्थामा आवश्यक सहयोगका लागि यस उद्योग व्यापार संघ, कपिलबस्तु सहजीकरणका लागि सदैव साथमा रहेको व्यहोरा समेत हार्दिक अनुरोध गर्दछौं”