काठमाडौं । जापानले पहिलो पटक सफलतापूर्वक चन्द्रमाका लागि रकेट प्रक्षेपण गरेको छ । जापानको स्थानीय समय अनुसार बिहीवार बिहान ८ः४२ बजे तानेग्शिमा स्पेस सेन्टरबाट रकेट प्रक्षेपण गरिएको हो ।
जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीका अनुसार एच(आईआईए लन्च भेहिकल नं ४७ रकेटमा एक्सरे इमेजिङ एन्ड स्पेक्ट्रोस्कोपी मिसन ९एक्सरिजम० स्याटलाइट र स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन ९स्लिम(क्ीक्ष्ः० स्याटलाइट प्रक्षेपण गरिएको थियो ।
रकेट प्रक्षेपण गरेको १४ मिनेट ९ सेकेन्डमा एक्सरिजम र ४७ मिनेट ३३ सेकेन्डमा स्लिम छुट्टिएको थियो ।
यदि सबै कुरा योजना अनुरूप भए फेब्रुअरीमा ल्यान्डर चन्द्रमाको सतहमा अवतरण गर्ने अपेक्षा गरिएको छ । भारतपछि जापान चन्द्रमामा यान अवतरण गर्ने पाँचौं राष्ट्र हुने होडमा छ ।
यसअघि अमेरिका, तत्कालीन सोभियन युनियन, चीन र भारतले सफलतापूर्वक यान अवतरण गरिसकेका छन् । करिब दुई साताअघि मात्र भारत चन्द्रमाको दक्षिणी धुव्रमा यान अवतरण गर्ने पहिलो राष्ट्र बनेको थियो ।
जापानी यान चन्द्रमाको कक्षामा पुग्न चार महिनाको समय लाग्ने बताइएको छ । यस परियोजनाका लागि जापानले १० करोड डलर ९करिब १३ अर्ब २८ करोड ८४ लाख रुपैयाँ० खर्च गरेको छ ।