२०८० भाद्र २३, शनिबार ०७:३६

कपिलवस्तु – रास्ट्रीय स्वतन्त्र पार्टी बुद्द्भुमी कपिलवस्तुको वडा नम्बर २ तथा नगर सम्पर्क कार्यालय उदघाटन संगै कार्यकर्ता भेटघाट कार्यक्रम भएको छ। कार्यक्रम मा रास्ट्रीय स्वतन्त्र पार्टी का प्रतिनिधिसभा सदस्य माननिय मनिष झा को उपस्थिति रहेको थियो।

कार्यक्रम मा उपस्थित पार्टी नेता कार्यकर्ता एबम आम नागरिक लाई सम्बोधन गर्दै नेपालमा लोकतन्त्र को लागि योगदान पुराएका सबै राजनैतिक दलहरुको आआफ्नो महत्त्वपूर्ण भुमिका रहेको तर धेरै कार्यकर्ता बनाउने होडबाजिले पार्टी अव्यवस्थित हुंदा देस र जनताको समृद्धि को सपना अधुरो रहेको कुरा बताउनुभएको छ।

रास्वपा मा कसैलाई पनि जोर जबर्जस्ति ले सदस्यता कटाएर सदस्यहरुकै मात्रै भिड नबनाउ कृयाशिल सदस्य भएर मात्रै दल संगठन र भोट बढी हुन्छ भन्ने सोंचाइ चितवनको चुनाब ले बताइ सकेको छ।जहाँ नेपाली कांग्रेस का १२००० करिब कृयाशिल सदस्य रहेपनी ११००० करिब मात्रै नेपाली कांग्रेस को देखिएको जनाउनुभएको छ।

अरु जस्तै बन्नेमा होडबाजी होइन राम्रो बिचार लिएर राम्रो कर्मले जनताको मन जितेर परिवर्तन को प्रयासमा लाग्न सबै नेता कार्यकर्ता लाइ सुझाब दिनुभएको थियो।कार्यक्रम मा लुम्बिनी प्रदेश का संगठन बिभाग प्रमुख एबम रुपन्देही क्षेत्र नम्बर २ का उपबिजेता गणेश पौडेल,प्रदेश उपसभापति,प्रदेस प्रवक्ता कमल पोख्रेल ,प्रदेस सदस्य रोम बराल,प्रदेस सदस्य एबम कपिलवस्तु जिल्ला सभापति शिव कुमार सुवेदी ,प्रदेस च्ब्त् कपिलवस्तु सदस्य देबिलाल कंडेल,कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ र २ का सदस्य क्रमस हेमन्त श्रेष्ठ ,बिक्रम थापा,माधब पराजुली ,अनुप मरासिनी ,गङ्गा बस्नेत बाणगङ्गा,बुद्द्भुमी,शिवराज नगरपालिका का सभापति सहित विभिन्न वडाका वडा सभापति सहित कार्यसमिति पदाधिकारी ,जेष्ठ नागरिक लगायत आम सुभेच्छुक हरुको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रम बुद्द्भुमी नगरपालिका संयोजक कमल भट्टराई को सभापतित्वमा क्षेत्रीय सदस्य माधब पराजुली को स्वागत मन्तब्य र बुद्द्भुमी २ का वडा सभापति बिस्णु पौडेल को संचालनमा सम्पन्न भएको छ।कार्यक्रम मा विभिन्न यथास्थितिवादी राजनैतिक दल हरुको आस्था लाई तथास्तु गर्दै सुसासन र समृद्धि को पक्षमा कपिलवस्तु का विभिन्न पालिका का करिब ५० जना भन्दा बढिले रास्वपा संग सहकार्य का लागि ब्याज ग्रहण सहित रास्वपामा जोडिनुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय