कपिलवस्तु नारायण पाण्डे ,
कपिलवस्तु प्रहरीले अर्घाखाँचीबाट कपिलवस्तु ल्याउदै गरेको साढे ६ क्युन्टल रक्तचन्दन जस्तै देखिने काठ सहीत ८ जनालाई नियन्त्रणमा लिएको छ ।
लु २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ ख ७३८२ नम्बरको ट्रकमा ल्याउदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १ पत्थरकोटमा चेकजाचकाक्रममा रक्तचन्दन जस्तो देखिने काठ, २ वटा गाडी र ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक नवरत्न पौडेलले बताए ।
उनले काठ रक्तचन्द जस्तै देखिने राता रहेको र अहिले नै रक्तचन्द हो भन्ने यकीन भने भई नसकेको बताए । प्रहरी उपरिक्षक पौडल, प्रहरी नायब उपरिक्षक गंगाा बहादुर थापा सहीतको टोली बिहानै पत्थरकोट पुगेका छन । घटनको अनुसंधान र सोधपुछ भईरहेको प्रहरी उपरिक्षक पौडेलले बताए ।
पक्राउ पर्नेमा कपिलबस्तु शिवराज नगरपालिका ३ का टिकाराम पाण्डे, शिव भर, विकास पौडेल, सतिस पन्त, राम सेवक चौधरी, दीपक कार्की र अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका ७ का गोकुल दर्लामी र मालारानी गाँउपालिका ३ का नीम बहादुर नेपाली रहेका छन् ।