शागर बेल्बासे,
कपिलवस्तु
राष्ट्रिय स्वतन्त्र पार्टी का लुम्बिनी प्रदेस सदस्य तथा शिक्षा बिभाग प्रमुख रोमनाथ बरालको यहि असोज १० गते राती करिब ९स्१५ बजेको समयमा महेन्द्र राजमार्ग कपिलवस्तु बाणगङ्गा २ पिपरामा सवारी दुर्घटनामा परि ज्यान जांदा परिवार,आफन्त र सिङ्गो राष्ट्रिय स्वतन्त्र पार्टी स्तब्ध भएको छ।आज बिहान ८ बजे स्वर्गीय बराल कै निवासमा रास्वपा कपिलवस्तु ले आयोजना गरेको शोक सभामा श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्न पार्टी का प्रतिनिधिसभा सदस्य तथा संसदीय दलका उपनेता माननीय बिराजभक्त श्रेष्ठ ,प्रतिनिधिसभा सदस्य लक्ष्मी तिवारी,केन्द्रिय सदस्य अर्जुन अधिकारी ,बिभाग सदस्य होम क्षेत्री,केन्द्रिय उद्योग बाणिज्य बिभाग सदस्य जनक भुसाल,केन्द्रिय संगठन बिभाग सदस्य गणेश पौडेल को उपस्थिति रहेको थियो।त्यसैगरी लुम्बिनी प्रदेश सभापति देवराज पाठक,प्रवक्ता कमल पोख्रेल ,सदस्य महेन्द्र उपाध्याय कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र २ का सदस्य क्रमश हेमन्त श्रेष्ठ ,बिक्रम थापा,माधब पराजुली ,अखिलेश्वर दुवे ,वडा सभापति षडानन्द न्यौपाने,धनिस्वर खनाल,गोबिन्द जि सि,नारायण खनाल,शोभखर पौडेल जिल्ला सल्लाहकार सदस्य रिखिराम अर्याल वडा सल्लाहकार लक्ष्मण कंडेल,बिस्नु घिमिरे ,कृष्ण घिमिरे च्ब्त् प्रदेश सदस्य देबिलाल कंडेल लगायत आम अगुवा कार्यकर्ता को उपस्थिति मा शोक सभा सम्पन्न भएको छ।
शोक मन्तव्य ब्यक्त गर्दै संसदीय दलका उपनेता बिराजभक्त श्रेष्ठले बराल ज्यु को निधन ले घरपरिवार ,इस्टमित्र,आफन्त र सिङ्गो पार्टी पंक्ति लाई मात्रै हैन देसलाइ नै ठुलो क्षती पुगेको कुरा जनाउनुभएको छ।रसायनशास्त्री ब्याक्तित्व त्यसमाथि अमेरिकी सुख सुबिधा छाडेर मातृभुमिमा सेवा गर्ने उहाँको अठोट नगन्य पात्रमा मात्रै हुने हो।तसर्थ उहाँको आत्मा चिर शान्ति सहित स्वर्गमा बास हुनका लागि घरपरिवार ,आफन्त र सिङ्गो पार्टीले उहाँको मृत्यु को कारण लाई चित्रण गर्दै उहाँको स्मृतिमा सडक दुर्घटना न्यूनीकरण का कार्यक्रम गर्न पार्टीको तल्लो तहदेखि केन्द्र सम्म लाई दिशानिर्देश समेत गर्नुभएको छ।कार्यक्रम मा लुम्बिनी प्रदेस सभापति देवराज पाठकले पनि शोक मन्तव्य राख्नुभएको थियो।
कपिलवस्तु जिल्ला सभापति शिव कुमार सुवेदिको सभापतित्वमा भएको कार्यक्रम मा शोक मन्तव्य संगै स्वर्गीय रोम बरालको स्मृतिमा कपिलवस्तु जिल्ला का सबै नेता कार्यकर्ता को सकृयताले कम्सेकम रु ५०००० र पचास हजार रुपैया को अक्षयकोष स्थापना गरि पार्टी संगठन र उहाँको परिवार को प्रत्यक्ष उपस्थिति मा शिक्षा क्षेत्रका अति गरिब तथा जेहेन्दार विद्यार्थी को शिक्षादिक्षामा हरेक बर्स खर्च गर्ने संस्कार बिकास तयारिको बारेमा समेत जानकारी गराउदै कार्यक्रम को समापन गर्नुभएको थियो।
उक्त औपचारिक शोक सभाको समापन पछि पिपरा मै अगुवा कार्यकर्ता संग संक्षिप्त भेटघाट समेत गरिएको छ।उक्त भेटघाटमा बिस्नु प्रसाद घिमिरे ,बुद्दी सागर बेल्बासे लगायत ले अहिले को अवस्थामा निजि क्षेत्र को लगानी असुरक्षित हुँदा धेरै लगानिकर्ता पलायन भएको र यो क्रम रहिरकोले र देस ब्यापी छाडा पशु चौपाया ब्यबस्थापन र बांदर, बँदेल आतंक को दीर्घकालीन ब्यबस्थापन को योजना बनाउन जोडदार माग गरिएको छ।उक्त माग लाई तत्काल सम्बोधन हुने गरि नितिनिर्माण तहमा छलफल भैरहेको र तत्काल थोरै भएपनी राहात महसुस हुने गराउने कुरा प्रतिनिधिसभा सद्स्य श्रेष्ठ र लक्ष्मी तिवारीले जनाउनु भएको छ। कार्यक्रम को संचालन बाणगङ्गा नगर सभापति बुद्दिसागर बेल्बासेले गर्नुभएको थियो।