रुकुम पश्चिम
गए रातीको भूकम्पमा परी रुकुम पश्चिममा एकै घरका ५ जनाको मृत्यु भएको छ । ६ बजे सम्म को पछिल्लो जानकारी अनुसार ९६ जनाको मृत्यु भयको छ भने अझै क्षेती भयको हुन सक्नेछ
जिल्लाको आठविसकोट नगरपालिका वडा नम्वर ११ गोईरी सल्लेरी गाउँका स्थानीय शिला सेर्पाली र उनका ४ जना छोरीहरुको घर भत्किँदा मृत्यु भएको जनकल्याण मावि गोईरीका प्रधानाध्यापक रतिभान बिकले जानकारी दिए ।
उनका अनुसार आमा शिलासँगै सुतेका पाँच छोरीहरुमध्ये माईली छोरीको भने जीवितै उद्धार गरिएको छ । क्षतिको थप विवरण आउन भने बाँकी रहेको छ ।
शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो ।
भूकम्पले आठविसकोट नगरपालिका वडा नम्वर १२ मा र सानीभेरी गाउँपालिका वडा नम्वर ४ मा पनि मानवीय क्षति भएको छ । क्षतिको यकिन विवरण भने प्राप्त हुन बाँकी रहेको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा। लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए । जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।