काठमाडौं,
नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक ९असई०, सहायक हवल्दार र जवान समेतको मिलेमतोमा डाँकाचोरी भएको छ। संघीय राजधानीमै असई समेतको संलग्नतामा डाँकाचोरी भएको हो।
डाँकाचोरी प्रकरणमा ३ प्रहरीसहित ५ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। प्रहरी वृत्त महाराञगञ्जमा कार्यरत असई ४३ वर्षीय सुनबहादुर तामाङ, ३३ वर्षीय सहायक हवल्दार खगराज अधिकारी, २२ वर्षीय जवान भुवन बरालसहित सुनसरीको तरहरा घर भइ काठमाडौं बस्दै आएका २८ वर्षीय मदन पुरी र सोही ठाउँका २५ वर्षीय सन्तोष पुरीलाई प्रतिवादी बनाएर मुद्दा चलाइएको छ।
उनीहरुविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंका न्यायाधीश कपिलमणि गौतमको इजलासमा सुनुवाइ भइरहेको छ। थुनछेक बहस सकिएपछि पुर्पक्षमा थुनामा पठाउने वा धरौटी तथा साधारण तारेखमा रिहा हुने भन्ने आदेश आउने छ।
माथि नाम उल्लेखित पाँच जनाविरुद्ध कुमार रोकाले प्रहरीमा जाहेरी दिएका थिए। असोज २१ गते राति उनी ठमेलबाट बालुवाटार जान लागेका थिए। सोही बेला ३ जना महिलाले लिफ्ट मागेकाले आफूले उनीहरुलाई लिफ्ट दिएको रोकाको जाहेरीमा उल्लेख छ।
रोका र उनका साथी नवराज नगरकोटी छुट्टा–छुट्टै कार चलाएर ठमेलबाट बालुवाटारतर्फ गइरहेका थिए। रोकाका अर्का साथी पनि सँगै, कारको अगाडिको सिटमा सवार थिए।