बैरिया ।
बाणगंगा यातायात व्यवसायी समितिको अध्यक्षमा लक्ष्मण भुसाल सर्वसम्मत चयन भएका छन् । आज बाणगंगाको मायादेवी रिसोर्टमा भएको समितिको १७ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशनबाट भुसालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
युवा व्यवसायी तथा सामाजसेवी समेत रहेका भुसाल बाणगंंगा यातायात व्यवसायी समितिमा यस अघि ३ कार्यकाल महासचिव रही समितिको नेतृत्व गरेका थिए । भुसालको नेतृत्वमा सर्वसम्मत निर्वाचित वरिष्ठ उपाध्यक्षमा यदा क्षेत्री राजकुमार, चित्र बहादुर थापा उपाध्यक्ष, कृष्ण बहादुर काकी, उपाध्यक्ष, प्रदिप विसी उपाध्यक्ष, कमल बहादुर क्षेत्री महासचिव, केशवराज भटटराई ९मदन० सचिव, तोरन बहादुर थापा कोषाध्यक्ष रहेका छन् । यस्तै सदस्यहरुमा राजु बस्नेत, कृष्ण प्रसाद चालिसे, वेदराज अधिकारी, दिपक कुमार थापा, मधु खनाल , नेत्र प्रसाद पौडेल रहेका छन् । लेखा संयोजकमा कमल खनाल सदस्य, दिपकचन्द्र बेल्बासे सदस्य निर्वाचित भएको निर्वाचन अधिकृत हुमनाथ पाण्डेले जानकारी दिए ।
निर्वाचन पश्चात बोल्दै नवनिर्वाचित अध्यक्ष भुसालले यातायात व्यवसायीहरुको हकहितको लागि आफुले सबैलाई मिलाएर लैजान पहल कदमी लिने बताए । भुसालले सर्वसम्मत नेतृत्व चयन गर्न सहयोग गर्ने व्यवसायीहरुको चाहना र इच्छा अनुसार आफूले समितिमा काम गर्ने बताए ।
तीन पटक लगातार अध्यक्षको नेतृत्व गरेका निवर्तमान अध्यक्ष विष्णु प्रसाद न्यौपानेले नेतृत्व सर्वसम्मत हस्तान्तरण गर्न आफूले लिएको पहल कदमी सफल भएको र व्यवसायीले सर्वसम्मत नेतृत्व चयन गर्न सहयोग गरेकोमा धन्यवाद दिए ।
यसैबीच बाणगंगा यातायात व्यवसायी समितिको आजै भएको खुल्ला सत्रमा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष हिरालाल श्रेष्ठले देशका उद्योग, व्यवसाय धमाधम बन्द भैरहेको अवस्थामा यातायात व्यवसायलाई निरन्तरता दिनको लागि सम्पुर्ण व्यवसायीहरु मिल्नुको विकल्प नरहेको बताए ।
अध्यक्ष श्रेष्ठले आफुहरुले सरकार सङ्ग पटकपटक समस्या समाधानको लागि आग्रह गरेपनि सुनुवाई नभएको भन्दै सडकमा उत्रिनको लागि तयार भएर बस्न पनि सम्पुर्ण व्यवसायीहरुलाई आग्रह गरे । वर्षौदेखि भारतीय गाडिको ज्यादती सहेर बसेको भन्दै अब सहन नसक्ने उनले चेतावनी दिए ।
बाणगङ्गा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले केन्द्रिय सरकारबाटै निति नियम बनाएर भारतीय गाडिलाइ नियन्त्रण गर्नुपर्ने बताए । पछिल्लो समय हरेक व्यवसायीहरु मर्कामा परिरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न केन्द्रिय सरकार मुख्य रुपमा जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिए । यातायात व्यवसायीहरुका समस्या आफुले पनि स्पष्ट रुपमा देखेको भन्दै ति समस्यालाई समाधान गर्न स्थानिय सरकारबाट हुने र गर्न सक्ने सहयोगको लागि नगर सधै तयार रहेको अर्यालले बताए ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका बरिस्ठ उपाध्यक्ष लोकराज पोख्रेलले यातायात व्यवसायीका समस्यालाई बारम्बार सरकार सङ्ग राख्दा सरकारले नसुनेको गुनासो गरे । नेपालमा नेपाली गाडीलाइ भन्दा भारतीय गाडीलाइ सेवा सुविधा बढि दिएको भन्दै अब सडकमा नउत्रिए सम्म भारतीय गाडिको ज्यादती अन्त्य नहुने बताए ।
कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय सदस्यहरु, प्रदेश, जिल्ला तथा नगरका पदाधिकारीहरुले नेपालका यातायात व्यवसायीले भारतीय गाडिका कारण भोगिरहेको समस्याहरुलाइ तत्काल समाधान गर्न सरकारले पहल कदमी लिनु पर्नेमा जोड दिएका थिए ।