२०८० मंसिर १७, आईतवार ०८:२३

कपिलवस्तु १७ मंसिर ।
प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले निर्वाचन भएको एक वर्षको अवसरमा जनताकहाँ घरदैलो कार्यक्रम गर्‍यो । एक वर्षे रिपोर्ट कार्ड जनतालाई बुझाउँदै गुनासो सुनेर फर्कियो रास्वपा ।अहिलेसम्म नेपालको राजनीतिक इतिहासमा एउटा चुनावबाट अर्को चुनाव नआउँदै जनतालाई भेट्न जाने अभ्यास आफूहरुले सुरु गरेको रास्वपा उपसभापति डीपी अर्याल दाबी गर्छन् ।

उनी भन्छन्, ‘चुनाव नभइ पनि घरदैलो कार्यक्रम हुँदो रहेछ भनेर हामी जाँदा उहाँहरु अचम्म पर्नुभयो, हामी पुग्दा भोट हाल्ने बेला भयो रु कहाँ हाल्ने रु भन्ने खालका धेरै प्रश्न गर्नुभयो । त्यसले हामीलाई केही दुःख लागे पनि नेपालको राजनीतिमा केही नयाँ कुरा दिन सफल भयौं भन्ने लागेको छ ।’


मंसिर पहिलो साता घरदैलो कार्यक्रम भ्याएर महोत्तरीको जलेश्वरमा रास्वपाको केन्द्रीय र संसदीय दलको संयुक्त विस्तारित बैठक बस्यो । तर, संयोग नै मान्नुपर्छ । घरदैलोपछि बसेको बैठकमा सभापति रवि लामिछानेले आफ्नो राजनीतिक प्रतिवेदनमा मध्यावधि निर्वाचन हुनसक्ने उल्लेख गरे । अहिले मिसन ८४ भने पनि अभियान फेरिनसक्ने भन्दै उनले पार्टी पंक्तिलाई ‘स्ट्यान्ड बाइ’ रहन निर्देश गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय