कपिलवस्तु । १४ औँ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी २०८० को उद्घाटन नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले गर्ने भएका छन् । बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनमा हुने महोत्सवको मंसिर २१ गते बुद्ध रंगशालामा भण्डारीले महोत्सवको उद्घाटन गर्नेछन् ।
ग्याँस विसफोट भएपछि ठुलो दुर्घटनामा परेका भण्डारी लामो उपचारपछि पुर्नजीवन पाएका नेता हुन् । उपचारपछि निको भएर उनले गरेको संसदको सम्बोधनदेखि सार्वजनिक कार्यक्रमका भाषण सामाजिक संजालमा चर्चामा रहेका थिए ।
काँग्रेसको नेता भए पनि भण्डारी सबैको प्रिय नेता मानिन्छन् । इमान्दार चरित्र र प्रष्ट बोल्ने उनको विशेषता हो । यिनै विशेषता रहेका र अहिलेका सर्वाधिक चर्चामा रहेका कारण यसपटक भण्डारीलाई उद्घाटनको प्रमुख अतिथि बनाउने निर्णय गरिएको सोसाइटीका अध्यक्ष तथा महोत्सव संयोजक राज कुमार खाँणले जानकारी दिए ।
उद्घाटन अघि बिभिन्न स्थानबाट बाजागाजासहितको सांस्कृति झाँकी निकाल्ने तयारी भएको महोत्सवका निर्देशक तथा सोसाइटीका महासचिव बुद्धि बहादुर रोकाहाले बताए । उद्घाटनको अवसरमा भण्डारीसंगै जिल्लाका मन्त्री र नेताहरु सहभागि हुनेछन् भने महोत्सव पुष १ गते समापन हुने छ ।
महोत्सवमा १२ औैं कपिलवस्तु डान्स आइडल, चर्चित अन्तर्राष्ट्रिय खेलाडीको रेसलिङ प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, मुक्तिनाथ मन्दिरको गेट र भिडियो जोन, वक्तृत्वकला प्रतियोगिता, आइटी तथा अटो क्षेत्रको प्रदर्शनी, बाल उद्यान, लुम्बिनीमा रहेको शान्ति दीप, विभिन्न झाँकी प्रदर्शनी तथा अन्य आकर्षकहरु महोत्सवका प्रमुख आकर्षकहरु हुन ।
यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ । बाणगंगा वेयलफेर सोसाइटी बाणगंगाको चर्चित र पुरानो सामाजिक कार्यमा क्रियाशील क्लबको रुपमा आफ्नो छुट्टै छवि बनाएको छ ।
२०८० मंसिर १८, सोमबार ०७:०७
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech