२०८० मंसिर २३, शनिबार २२:२८

कपिलवस्तु २३ मंसिर ।

१४ औँ कपिलवस्तु महोत्सवको तेस्रो दिन उत्साहपूर्ण उपस्थितीमा दर्शकहरुले अवलोकन गरेका छन । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा चारनम्बरको बुद्ध रङ्गसालामा विहिवारदेखि सुरु भएको महोत्सवको तेस्रो दिन शनिवार दर्शकहरुको बाक्लो उपस्थिती रहेको महोत्सव संयोजक राज कुमार खाँणले बताउनुभयो । आज गायक गायिकाहरु रामजी खाँण, अस्मिता डल्लाकोटी, अनु चौधरी, अफ्सर अली लगायत स्थानिय कलाकारहरुले प्रस्तुती दिएका छन ।

भोलि २४ गते गायिका अस्मिता अधिकारी, गायक श्याम राना, हास्य तथा लोकदोहोरि गायक उज्वल अधिकारी लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।महोत्सवको अर्को प्रमुख आकर्षणको रुपमा रहेको रेस्लिङ प्रतियोगिता आज सम्पन्न भएको छ । जिल्लामै पहिला पटक १४ औँ कपिलवस्तु महोत्सवमा सञ्चालन गरिएको २ दिने रेस्लिङ खेलमा दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय