२०८० मंसिर २७, बुधबार ०७:५६

बुद्धरंगशाला 

बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा गत मंसिर २१ गतेदेखि जारी महोत्सवको सातौ दिन चर्चीत तथा सबैका लोक प्रिय गायक प्रमोद खरेल लगायतका कलाकारलले दर्शकहरुलाई नचाउने भएका छन् । खरेल नेपाली चर्चित आधुनिक गायक हुन् । उनी नेपालको वर्तमान सङ्गीत क्षेत्रका एक बहुप्रतिभाशाली गायकको रूपमा परिचित छन् । खरेलले हालसम्म विभिन्न किसिमका २ हजार भन्दा बढी गीतहरू रेकर्ड गरिसकेका छन् । आज बुद्धरगंशालामा दर्शक नचाउने मात्र होइन युवाहरुमा माझ निकै लोकप्रिय मानिएका चर्चित गायक प्रमोद खरेलले आज बुद्धरंगशालामा धुलो उडाउने नै पक्का जस्तै हुन्छ । खरेल कपिलवस्तु महोत्सव आउदाँ हुने महोत्सवको भिडले पनि उनि कति लोकप्रिय छिन् भन्ने यस अघिका महोत्सवले बताएको छ ।

बुधबार महोत्सवमा बहु चर्चित गायक खरेलसँगै राजु गुरुङ, सपना गाहा, दीपक दर्लामी लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए । खाँणले महोत्सवको आकर्षक १२ औं कपिलवस्तु डान्स आइडलका टप ८ प्रतियोगीहरुको समेत बेजोड प्रस्तुती रहने बताए ।

महोत्सवका छैठौै दिन अर्थात मंगलबार ७ हजार बढी दर्शकहरुले महोत्सवको अवलोकन गरेको महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा दिनेशले जानकारी दिए । रोकाहाले महोत्सवमा करिब २० लाख बढीको आर्थिक कारोबार भएको बताए । रोकाहाले महोत्सवमा दर्शकहरुको न्यानो माया र साथ थप पाउँदै गएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय