२०८० पुष १४, शनिबार ०६:२८

काठमाडौँ 

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि सरकारले छानबिन गर्नुपर्ने माग गरेका छन्।रास्वपा सभापति लामिछानेले बिना लगानी १५ प्रतिशत सेयर लिनु गैरकानुनी भएको उनको भनाइ छ।

प्रेस चौतारी नेपाल सङ्खुवासभाले शुक्रवार खाँदवारिमा गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले साम्राज्यवादी शक्तिले गणतन्त्रमाथि प्रहार गरिरहेको पनि बताएका छन् ।राष्ट्रिय युवा संघ संखुवासभाको अधिवेशन उद्घाटनका क्रममा बिहीवार संखुवासभा पुगेका नेता बस्नेतले विदेशी शक्तिले नेपालमा अस्थिरता ल्याउन विभिन्न हर्कत गरेको आरोप लगाए।नेता बस्नेतले कोशी प्रदेशमा पहिचानका नाममा द्वन्द्व सिर्जना गर्न खोजिएको आरोप लगाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय