२०८० पुष १७, मंगलवार १४:१५

गुल्मी ।

पछिल्लो क्रम बिवाहालाई खर्चिलो र भड्किलो तरिकाले मनाइएको पाइन्छ । बिवाहामा अहिले बिदेशी सस्कार भित्रीदा बिवाहा झन खर्चिलो बन्दै गएको छ । बिवाहामा गरिने खर्चलाइ कटौती गर्दै गुल्मीका एक दम्पतीले आफुले अध्ययन गरेको र हाल अध्यापन गराउने विद्यालयमा एक लाख बराबरको अक्षय कोष स्थापना गरेका छन ।

जिल्लाको रेसुङ्गा नगरपालिका ( ११ का गुणाखर पाण्डे र लक्ष्मी हमाल पाण्डेले आफ्नो बिवाहामा गरिने खर्च कटाएर आफुले अध्ययन गरेको विद्यालय राङबास माध्यमिक विद्यालयमा बाबा आमाको सम्मानमा ५० हजार बराबरको “श्री पर्शु(मालती जेहेन्दार विधार्थी अध्ययन छात्रवृत्ति पुरस्कार अक्षयकोष” स्थापना गरेका छन ।

यस्तै पाण्डे र उनकी श्रीमती लक्ष्मी हमाल पाण्डेले अध्ययन गरेको तथा हाल श्रीमतीले अध्यापन गर्दै गरेको भगवती माध्यमिक बिधालय रेसुङ्गा नगरपालिका( १० सिमिचौरमा स्वर्गीय आमा मनिकला हमालको स्मृतिमा ५० हजार बराबरको “स्वर्गीय मनिकला जेहेन्दार विधार्थी छात्रवृत्ति पुरस्कार अक्षय कोष” को स्थापना गरेका छन।

बिद्यालयमा अध्ययनरत जेहन्दार बिद्यार्थीको लागि अक्षय कोष स्थापन गरिएको जानकारी दिए । यता गुल्मीका पत्रकार मोहन बस्नेतले पनि बिवाहा खर्च कटाएर आफ्नो जन्म स्थान रेसुङ्गा नगरपालिका (३ भाडागाउमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय