२०८० पुष २२, आईतवार ०८:०१

कपिलवस्तु ।

मिर्मिरे महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा नारायणी थारु चयन हुनुभएको छ । शनिवार भएको सहकारीको १७ औँ वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले थारुको अध्यक्षतामा ११ सदस्यीय समिति चयन भएको हो ।

जसको उपाध्यक्षमा गंगा कुमारी भट्टराई, सचिवमा भगवता अधिकारी, सह सचिवमा सञ्जु आचार्य, कोषाध्यक्षमा मञ्जु बेल्वासे चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा विष्णु भुषाल, कमला खत्री, निषा थारु, भावना ज्ञवाली, माया घिमिरे र सिता पन्त चयन हुनभएको हो ।

त्यस्तै लेखा समिति संयोजकमा मधु रेग्मी, सदस्यहरुमा धनमाया पुन र जमुना राना रास्कोटी चयन हुनुभएको नव निर्वाचित उपाध्यक्ष गंगा भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय