२०८० पुष २४, मंगलवार १५:०८

बरवा ।

वाणगंगा नगरपालिकाको बैदौली, कोपवा, देउवापार, बरवा, सोनपुर हुँदै रुपन्देहीको कञ्चन गाउँपालिकाको हरैया जोड्ने प्रदेश सरकारको योजनामा रहेको सडक खण्डमा पर्ने बाणगंगाको वडा नं। ११ र १० सीमा जोड्ने पुल वर्षैसम्म अलपत्र अवस्थामा रहेको छ ।

प्रत्येक वर्ष घगवा खोलामा आउने बाढीले पुल जीर्ण बन्दै गएको छ । आगामी वर्ष आउने बाढीले पुलै बगाएर लग्यो भने बाणगंगा ११ र १० का वासिन्दालाई समस्या त पर्छ नै यो सँगै पटनाबाट सूर्योदय मा।वि।, हथौसा मा।वि।, इभरग्रिन अंग्रेजी बोडिङ्ग स्कुल र सिद्धार्थ क्याम्पस लगायतका शैक्षिक संस्थामा अध्ययन गर्न आउने विद्यार्थीहरु प्रभावित हुने हुँदा कपिलवस्तु क्षेत्र नं। १ का संघीय सांसद बलराम अधिकारी, प्रदेश सांसद विष्णु पन्थी, बाणगंगाका मेयर चक्रपाणी अर्यालसँगै पुल निर्माणका लागि विशेष पहल गरी दिन बाणगंगा–११ बरवा बासीले आग्रह गरेका छन् ।

घगवा पुल वडाको बजेटले निर्माण असम्भव भएको वडा नं। ११ र १० जोड्ने पुल भएकाले पनि पुल निर्माणको लागि कुनै पनि वडाले बजेट नछुट्एकाले बाणगंगा नगरपालिका, लुम्बिनी प्रदेश सरकार र संघीय सरकारले बजेट विनियोजन गर्नुपर्ने बरवाका स्थानीय युवाहरु बताउँछन् ।

सूर्योदय मा।वि।का पूर्व प्रधानाध्यापक तथा समाजसेवी जगन्नाथ मरासिनीले आफ्नो पहलले पुलको केही मर्मत भए पनि पुल निर्माणको लागि प्रयाप्त बजेट व्यवस्था हुन नसकेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय