२०८० माघ ९, मंगलवार १७:३९

काठमाडौँ —
कान्तिपुर पब्लिकेशन्स्को १७औं ‘कान्तिपुर सब्स्क्राइब एन्ड ड्राइभ’ वार्षिक ग्राहक योजनाअन्तर्गत रसिद नम्बर ३५२२२ को न्यु जितपुर हार्डवेयरले बम्पर प्राइज जितेको छ । त्रिपुरेश्वरस्थित सिभिल मलमा एक कार्यक्रम आयोजना गरी कान्तिपुरले सोमबार छानेको भाग्यशाली विजेताले ‘कियाको सोनेट’ कार जितेको हो ।

कार्यक्रममा अभिनेता तथा निर्देशक दीपकराज गिरीले रसिदलाई मिक्स गरेपछि अभिनेत्री बेनिशा हमालले लक्की ड्रबाट रसिद नम्बर ३५२२२ तान्दा न्यु जितपुर हार्डवेयरले किया सोनेट कार जितेको हो । कान्तिपुर पब्लिकेशन्स्ले वार्षिक ग्राहक योजना देशभर सञ्चालन गर्दै आएको छ । ‘कान्तिपुर स्वर्णपुर’ वार्षिक ग्राहक योजनाअन्तर्गत ०७४ सालमा कमला रिजालले १ किलो सुन जितेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय