सागर बेल्बासे, कपिलवस्तु
मौलिक लोक संस्कृति लोप हुँदै गएको पछिल्लो समयलाइ ख्याल गरि नेपाली परम्परागत लोक संस्कृति प्रतिस्ठान ले बाणगङ्गा नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोगमा वडा स्तरीय महिलाहरुका लागि १० दिने बाद्यबाधन को तालिम सुरु गरेको छ।कपिलवस्तु जेसिस हल मा आज भएको उदघाटन सत्रमा वडा नम्बर १ का २२ जना महिला हरुले उक्त प्रशिक्षण लिने गरि सहभागिता जनाएका छन।आज भएको उदघाटन सत्रमा संस्थाका अध्यक्ष बुद्धि सागर बेल्बासे को अध्यक्षता भएको कार्यक्रम को प्रमुख अतिथी वडा अध्यक्ष सन्जु कुमार सारु,बिशिस्ट अतिथी निवर्तमान अध्यक्ष बाल कुमारी पन्थ अधिकारी ,अतिथी वडा सदस्य टोपकला बि सि,राजकुमार चौधरी,दुर्गा भगवती मन्दिर बैरियाका ब्यबस्थापन समिति अध्यक्ष चेतनारायण कंडेल,उषा नेपाल लगायत को २२ जना प्रसिक्षार्थी सहितको उपस्थिति मा भएको कार्यक्रम मा गित संगित को माध्यम बाट समाज रुपान्तरण गर्न यो तालिम ले महत्त्वपूर्ण योगदान पुरावस भन्ने शुभकामना प्राप्त भएको छ।कार्यक्रम यहि माघ १९ गते समापन हुने छ।




सहभागीहरुलाइ मुख्यत मादल,खैजडी,मजुरा र हार्मोनियम बजाउने कुरामा प्रसिक्षण गराइने संस्थाका अध्यक्ष बेल्बासे ले जनाउनुभएको छ।आजको कार्यक्रम संस्था का सद्स्य लिलावती घिमिरेले संचालन गर्नुभएको थियो।






