२०८० माघ १९, शुक्रबार १२:५३

गजेहडा ।  नारायण पाण्डे 

कपिलवस्तु जिल्लाको उत्तरी क्षेत्र उर्भर भूमि कलकल बग्ने बाणगंगा नदी । बुढापाकाहरु सम्झिन्छन् स्व। शेरबहादुर क्षेत्री नदी जस्तै स्वस्छ, स्पष्टवक्ता र सत्यवादी ‘आँखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल मान्छे थिए ।

खासगारी बाणगंगाको विकासका लागि महत्वपूर्ण योगदान गरे कपिलवस्तु सामुदायिक अस्पताल लगायतका विभिन्न संघ–संस्थाको स्थापनामा महत्वपूर्ण योगदान गरे स्व। क्षेत्रीले । विडम्बना विकासप्रेमी सबैका प्रिय आँखामा राखे पनि नबिझाउने शेर बहादुर क्षेत्रीलाई बाणगंगाले वि।सं। २०७० माघ १८ गते सदाका लागि गुमायो ।

तिनै सत्यवादी सबैका प्रिय स्व। शेरबहादुर क्षेत्रीबाट संस्कार सिकेका युवा समाजसेवी भद्र, शालिन, सफल व्यवसायी, निवर्तमान जनप्रतिनिधिको भूमिका सफल रुपमा सम्पन्न गरेका गणेश बहादुर क्षेत्री कपिलवस्तु उद्योग वाणिज्य संघमा माघ २३ गते हुने ८ औं अधिवेशनमा साझा व्यवसायिक प्यानलबाट अध्यक्षमा उम्मेद्वारी दिने भएसँगै क्षेत्रीको वास्तविक परीक्षा सुरु भएको बाणगंगाका व्यवसायीहरुले बताएका छन् । एक व्यवसायीले संस्कार यस्तो प्रक्रिया हो जसले मान्छेलाई सभ्य र सुसंस्कृत बनाउने बताए ।

व्यवसायीहरुले क्षेत्रीले बाणगंगा वडा नं। ४ को वडा निवर्तमान अध्यक्ष र विभिन्न संघ संस्थाको अध्यक्ष सफलता पूर्वक निर्वाह गरी प्रवेश परीक्षा पास गरेको अब बाणगंगा नगरमा उद्योग व्यवसायीको नेतृत्व गर्दै वास्तविक परीक्षा सुरु भएको बताएका छन् ।

युवा क्षेत्रीले आफ्ना बुवाको सामाजिक योगदानका कार्यहरुलाई पछ्याउँदै अघि बढ्ने बताएका छन् । क्षेत्रीले वुवाले विगतमा गर्नुभएका समाजसेवाका कामलाई आफूले निरन्तरता दिन र उद्योगी, व्यवसायी र सर्वसाधारणको हितमा काम गर्न संघको अध्यक्षमा उम्मेद्वारी घोषणा गरेको र परीक्षाको घडी पनि भएको बताए ।

आफू युवा भएको बताउँदै क्षेत्रीले कपिलस्तु उद्योग वाणिज्य संघका संस्थापकहरु, पूर्व अध्यक्ष, सल्लाहकार, उद्योगी, व्यवसायी, व्यापारी, बुद्धिजिवी, समाजसेवी पत्रकार अग्रज सबैको सल्लाह र सुझाव अनुसार आफू अघि बढ्ने र संघमा नमुना सिर्जनशील काम गर्न उम्मेद्वारी घोषणा गरेको प्रतिक्रिया दिए ।

बाणगंगा न।पा। वडा नंं ४ का निवर्तमान वडा अध्यक्ष तथा विभिन्न संघ संस्थाको नेतृत्व सफल रुपमा सम्हालीसकेका अनुभव क्षेत्रीमा छ । क्षेत्री कपिलवस्तु उद्योग वाणिज्य संघका पूर्व उद्योग उपाध्यक्ष तथा पूर्व सल्लाहकार समेत रही कार्य गरी सकेका छन् ।



क्षेत्रीले परिवर्तनका संवाहक र समाजको समृद्धिको मेरुदण्ड युवा शक्ति नै भएको बताउँदै युवा उमेर मात्र नभएर, युवा प्रवृत्ति हो, दृष्टिकोण, जोस, जाँगर र हिम्मत समेत भएकाले आफूले अध्यक्षमा उम्मद्वारी घोषणा गरेको बताउँदै आफू समाजसेवा, निवर्तमान जनप्रतिनिधिसँगै विभिन्न व्यवसायमा आबद्ध रहेकाले अहिलेको जटिल अवस्थामा आफूले सहमति र सहकार्यको लागि अन्तिम समयसम्म पनि पहल कदमी लिने बताए ।

क्षेत्रीले कपिलवस्तु उद्योग वाणिज्य संघमा कार्ययाजना नै बनाएर व्यवसायीहरुका हक र हितका लागि काम गर्ने हुनाले सहयोग, सहकार्य र सहमतिका लागि उद्योगी, व्यवसायी तथा व्यापारीहरुमा अपिल गरेका छन् ।

बाणगंगा न।पा। वडा नं। ४ को निवर्तमान वडा अध्यक्ष सफलतापूर्वक निर्वाह गरेका क्षेत्रीको थप परीक्षा सुरु भएको साझा व्यवासयिक प्यानल घोषणा भएसँगै व्यवसायीहरुले स्व। शेरबहादुर क्षेत्रीबाट संस्कार पाएका स्पष्ट वक्ता बाणगंगामा युवा माझ लोकप्रिय युवा गणेश बहादुर क्षेत्री खरो उत्रने दाबी गर्छन ।

व्यवसायीहरुले क्षेत्रीको साझा व्यवसायिक प्यानलको वरिष्ठ उपाध्यक्षमा समाजसेवी व्यवसायी हुमनाथ पौडेल, एसोसिएट उपाध्यक्षमा रामजी सेन, वस्तुगत उपाध्यक्षमा शालिकराम भुसाल, उद्योग उपाध्यक्षमा खुमान्द घिमिरे, वाणिज्य उपाध्यक्षमा घनश्याम अधिकारी, महिला उपाध्यक्ष मिना पौडेल, महासचिव नवदत्त घिमिरे, कोषाध्यक्ष खेम अधिकारी, सचिव राजेश तिवारी, सह कोषाध्यक्ष वसन्त कँडेल, महिला खुल्ला सदस्यहरुमा बिमला श्रेष्ठ, सिता पोख्रेल घिमिरे, लक्ष्मी गैरे रहेका छन्
गणेश क्षेत्रीको व्यवसायिक साझा प्यानल सार्वजनिक भएको छ भने व्यवसायी संघका पूर्व कोषाध्यक्ष तथा लेखा संयोजक मोहन न्यौपानेको नेतृत्वको अध्यक्षका लागि उम्मेद्वारी घोषणा गरी सकेका छन् । जसको एसोसिएट उपाध्यक्षमा शिक्षा क्षेत्रमा सक्रिय बुद्धिराम पौडेल रहेका छन् भने वस्तुगत उपाध्यक्षमा काष्ठ व्यवसायी रनेन्द्र सेन, वाणिज्य उपाध्यक्ष नारायण पौडेलले उम्मेद्वारी घोषणा गरेका छन ।

यता रमेशचन्द्र भुसालले पनि उम्मेद्वारी दिने बताएका छन् । स्वतन्त्र पार्टीबाट लक्ष्मण कँडेलले अध्यक्षमा र बुद्धिसागर बेल्बासेले महासचिवमा उम्मेद्वारी दिने सार्वजनिक गरी सकेका छन् ।

व्यवसायिक साझा प्यानलका व्यवसायी यज्ञ प्रसाद भट्टराई, विष्णु प्रसाद न्यौपाने, टोप नारायण बेल्बासे, माधव भाट क्षेत्री, राजेन्द्र बिक्रम शाह, दीपक पन्थी लगायतले गणेश बहादुर क्षेत्री नेतृत्वमा अध्यक्ष सहित प्यानल नै जित्ने दाबी गरेका छन् ।उनीहरुले व्यवसायी साझा प्यानलका व्यवसायीहरुले अन्तिम समयसम्म पनि सहमति र सहकार्यको लागि पहल गर्ने प्रतिक्रिया दिएका छन् ।

उद्योग वाणिज्य संघमा स्व। रघु पाठक, स्व। राजेन्द्र पौडेल, स्व। शंकर प्रसाद आचार्य, विष्णु प्रसाद न्यौपाने, देवी प्रसाद पाण्डे, यज्ञ प्रसाद भट्टराई, उमानाथ पौडेल र डोलकराम घिमिरे अध्यक्ष रही सकेका छन् । बाणगंगमा कपिलवस्त उद्योग वाणिज्य संघको निर्वाचनलाई विशेष महत्वका साथ हेरेन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय