प्रगतिनगर ।
प्रगतिनगर सेवा समाज कपिलवस्तुको आयोजनामा “कला संस्कृतिको संरक्षण, कृषि उद्योग, व्यापार र पर्यटन प्रवद्र्धनमा प्रोत्साहन” भन्ने मूल नाराका साथ सञ्चालन हुने दोस्रो प्रगतिनगर महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको तयारी दुर्त रुपमा अघि बढेको छ ।
यही माघ २६ देखि फागुन ७ गतेसम्म सञ्चालन हुने महोत्सव शुद्धोधन गाउँपालिका– प्रगतिनगर स्थित शुद्धोधन रंगशालामा हुँदै छ । माघ २६ गतेदेखि सुरु हुने महोत्सवको लागि तयारी दुर्त रुपमा अघि बढेको महोत्सवका संयोजक पुष्पराज अर्यालले जानकारी दिए । अर्यालले गत वर्षको तुलनामा भन्दा यसवर्षको महोत्सव पृथक हुने र यस क्षेत्रको ‘अर्थतन्त्रलाई चलायमान गराउँन महोत्सवले टेवा पुराउने बताए।
अर्यालले कपिलवस्तुको उत्पादनलाई बजारीकरण गर्नका लागि र आर्थिक क्षेत्रलाई चलायमान गर्न यस महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यस्तै महोत्सवमा स्टलहरु विशेष गरी स्थानीय उत्पादनलाई प्राथमिकता दिइने अर्यालले बताए ।
महोत्सवका मुख्य आकर्षकहरु दोस्रो प्रगतिनगर डान्स आइडल, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, भिडियो जोन, विभिन्न झाँकी प्रदर्शनी लगायत महोत्सवका प्रमुख आकर्षकहरु हुन । यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न प्रगतनिगर महोत्सवले र कला संस्कृति प्रवद्र्धनमा डान्स आइडलले विशेष योगदान गर्दै आएको छ ।