२०८० फाल्गुन १५, मंगलवार १८:५४

विरगञ्ज ।

वीरगञ्जको नारायणी अस्पतालमा नवजात शिशुलाई शय्यामै छाडेर आमा र आफन्त सम्पर्कविहीन भएका छन् । अस्पताल प्रशासनले छोरी जन्मेपछि उनलाई अस्पतालको शय्यामै छाडेर आमा र उनका आफन्त सम्पर्कविहीन भएको जनाएको छ ।

नवजात शिशुलाई अहिले एनआईसियू वार्डमा राखिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ रानीघाट ठेगाना टिपाएकी ३० वर्षीया सीतादेवी साह कानुलाई उनकी सासुले प्रसूति गराउन ल्याएकी अस्पतालले जनाएको छ ।

अस्पतालमा महिलाको पतिको नाम धीरज साह कानु उल्लेख छ । नवजात शिशुलाई शय्यामै छाडेर आमा र आफन्त सम्पर्कविहीन भएपछि अस्पताल प्रशासनले प्रहरीलाई जानकारी दिएको थियो ।

पर्सा प्रहरीका अनुसार छोरी छाडेर फरार भएकी महिलाको यसअघि नै तीनजना छोरी रहेको खुलेको छ । प्रसूति गराउन अस्पताल जाँदा महिलाको परिवारले अस्पतालको रजिस्टरमा नाम र ठेगाना गलत टिपाएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय