२०८० फाल्गुन १७, बिहीबार ११:५४

भैरहवा,
रुपन्देहीको सीमावर्ती प्रहरी चौकी मेउडीहवा, मैनिहवा र भैरहवाको बसपार्कस्थित प्रहरी बिटले भन्सार छलेर नेपाल भित्र्याइएको २ लाख ८२ हजार रुपैयाँभन्दा धेरै मूल्यको विभिन्न सामान बरामद गरेका छन् ।


जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी मनोहरप्रसाद भट्टले प्याज, चिनी, जुत्ता, विषादी, साबुनलगायतका सामान बरामद गरिएको बताए । ‘भन्सार छलेर भित्र्याइएका ती सामान भैरहवा भन्सार कार्यालयमा पठाइएको छ,’ भट्टले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय