काठमाडौं ।
हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनिले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो ।
पपुवा न्युगिनिका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रन बनाए । यस्तै, हिला जर्ज वाइके वारेले १८, अलेई नाओले ३०, हिरीहिरीले १५, किपलिन डोरिगाले १४, चाड आइवती सोपरले १३ रन बनाए ।
नेपालका कुशल भुर्तेल र आकाश चन्दले तीन÷तीन, करण केसी र गुल्शन झाले एक÷एक विकेट लिए । नेपालले उपाधिका लागि अहिले जवाफी ब्याटिङ गर्दै छ ।