२०८० चैत्र २, शुक्रबार १४:३७

शागर बेल्बासे 

कपिलवस्तु उद्योग बाणिज्य संघले सबै उद्योगि ब्यबसाइका हरेक समस्या लाई नजिक बाट सहजीकरण गर्न सहज होस भनी संघ का वर्तमान कार्यसमिति पदाधिकारी ,निवर्तमान अध्यक्ष ,पुर्व अध्यक्ष सहित को उपस्थिति मा बैरिया क्षेत्रगत उपसमिति गठन गरेको छ।आज बिहान ८ बजे दुर्गा भगवती मन्दिर बैरियामा भएको कार्यक्रम बैरिया क्षेत्रगत सदस्य बिष्णु प्रसाद घिमिरे को अध्यक्षता मा भएको छ। बैरिया क्षेत्र का उल्लेख्य उद्योगि ब्यबसाइ को सहभागिता मा भएको कार्यक्रम मा आआफ्ना समस्या र समाधानका उपाय सहितको सल्लाह सुझाव का लागि सबै उपस्थित लाई फ्लोर खुला गरि सुझाब संकलन समेत गरिएको थियो।

उद्योगि बिष्णु प्रसाद घिमिरे ,ब्यबसाइ खगेन्द्र घिमिरे ,टोपकला बि सि लगायत आम ब्यबसाइले आन्तरिक राजश्व कार्यालयले ब्यबसाइ माथी गर्ने व्यबहार ,बिना दर्ता चलाइएका ब्यापर ले राज्य र ब्यापारिलाइ पर्ने क्षती का बिषय सहित विभिन्न बिसयमा बर्तमान कार्यसमिति गम्भीर भै संस्थाको काम,कर्तव्य,अधिकार प्रती कर्तव्यबोध बनोस भन्ने धारणा व्यक्त गर्नुभएको थियो।कार्यक्रम मा संस्थाका अध्यक्ष गणेश क्षेत्री,वरिष्ठ उपाध्यक्ष हुमनाथ पौडेल ,बाणिज्य उपाध्यक्ष नारायण प्रसाद पौडेल ,एसोसिएट उपाध्यक्ष रामजि सेन,उद्योग उपाध्यक्ष खुमानन्द घिमिरे ,महिला उपाध्यक्ष मिना पौडेल महासचिव नवदत्त घिमिरे सचिब दामोदर पन्थी,कोषाध्यक्ष धिरज खनाल,निवर्तमान अध्यक्ष डोलकराम घिमिरे ,पुर्व अध्यक्ष उमानाथ पौडेल,एसोसिएट सदस्य मीन थापा लगायत को उपस्थिति मा भएको छ। कार्यक्रम मा उठेका समस्या र जिज्ञासा् लाई बुंदागत रुपमा सम्बोधन गर्दै संघका अध्यक्ष गणेश क्षेत्रीले सबैखाले उद्योग ब्याबसायमा भएका समस्याहरु लगभग एकै किसिमका रहेकाले बिगतदेखी भएका ब्यबसाइ हितका कार्यलाइ निरन्तरता दिंदै थप नीति निर्माण सहित उद्योगि ब्यबसाइलाइ कपिलवस्तु उद्योग बाणिज्य संघ सांच्चिकै उद्योग ब्यापार गर्ने का लागि छ भन्ने अनुभुती गराउन विभिन्न नयाँ योजना ल्याउने तयारिमा सुझाब संकलन सहित अगाडि बढिएकोले आज चयन गरिएको उपसमिति लाई पनि बधाइ का साथ यश बैरिया क्षेत्र का सबै ब्यबसाइका सबै गुनासा नजिकबाट नियालेर जानकारी गराइ राख्न आग्रह गर्नुभएको थियो।

नवगठित उपसमिति लाई बधाइ तथा शुभकामना दिंदै निवर्तमान अध्यक्ष डोलकराम घिमिरे र पुर्व अध्यक्ष उमानाथ पौडेलले कपिलवस्तु उद्योग बाणिज्य संघ ले के गरेओ भन्ने कुरा जो जो आजसम्म जे जे समस्या मा परेर राहात पाउनुभएको छ उहाँहरुलाइ संस्था ले गरेको काम र के का लागि भन्ने थाहा भएको छ। कोहि ब्यबसाइलाइ पनि समस्या त नपरुन नै तर पर्दाको समय संस्थाले गर्ने समन्वयकारी भुमिकाले संस्थाको आवस्यकता र काम को परिचय गराइ रहेका पनि छौ अबको टिमले पनि त्यस्तो सहयोग ,राहत र उद्दार मा निरन्तरता दिनेमा पनि बिस्वस्त रहेको बताउनु भएको छ।


उक्त कार्यक्रम बाट आज ज्वतिलाल पाण्डे को संयोजकत्वमा होमेश घिमिरे ,गणेश घिमिरे ,भुमिश्वर खनाल,कबिराज कडेल,खगेन्द्र घिमिरे ,हरि बहादुर कुंवर र पुश्पा पन्थी सदस्य रहेको बैरिया क्षेत्रगत उपसमिति चयन गरेको छ।आजको कार्यक्रम को संचालन संघ का महासचिव नवदत्त घिमिरेले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय