२०८० चैत्र १२, सोमबार १२:१६

कपिलवस्तु 
तराई–मधेश क्षेत्रमा आज होली पर्व मनाइँदै छ । पहाडी क्षेत्रमा फागु मनाएको भोलिपल्ट तराई–मधेशमा होली मनाउने चलन छ । काठमाडौं उपत्यकालगायत पहाडी भेगमा फागुन शुक्ल पूर्णिमाका दिन फागुपर्व मनाइन्छ ।अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको राति ढलाई दहन गरेपछि यो पर्व सम्पन्न हुन्छ ।तराई–मधेशमा भने पूर्णिमाको राति ‘होलिका दहन’ गरेपछि भोलिपल्ट होली मनाइन्छ । विभिन्न रंग तथा अबिर दलेर, पिचकारीले पानी छ्यापेर, शुभकामना साटासाट गरी होली पर्व मनाउने गरिन्छ ।

तराईमा होलीका खेल्ने क्रममा गीत र नाचमार्फत पनि मनोरञ्जन गरिन्छ । होलीमा गाइने जोगिरा सररर गीतको विशेष महत्व छ । तराईमा होलीका बेला बजाइने गीत संगीतले होलीको रौनकलाई थप उत्सवमय बनाउने गर्छन् ।पुराणका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रल्हादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा होली मनाउन थालिएको पुराणहरुमा उल्ल्लेख छ । धार्मिक प्रसंग जे भएपनि खराब प्रवृत्तिको अन्त्यका रूपमा लिई त्यसैको खुशीयालीमा रंग र अबिर दलेर होली मनाउने परम्परा रहेको मान्यता छ ।होलीका अवसरमा सरकारले तराई–मधेशका जिल्लामा आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय