कपिलवस्तु
कपिलवस्तुको पहिलो चारतारे होटलको रुपमा एक होटलले मान्यता पाएको छ । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा कपिलवस्तुको चन्द्रौटास्थित ‘सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट’ले ४ तारे होटलको मान्यता पाएको छ। पर्यटन विभागले रिसोर्टको स्थलगत अनुगमन तथा निरीक्षण गरी चार तारे होटलको मान्यता दिएको हो। २५ बिगाहा क्षेत्रफलमा फैलिएको रिसोर्टमा २० डिलक्स, ६२ वटा सुपर डिलक्स र २ वटा स्विट रुम छन्
।रिसोर्टमा साना ठूला पाँचवटा कन्फ्रेरेन्स हल छन्।विभागबाट ४ तारे स्तरको मान्यता पाएसँगै व्यापार बढाउन सहयोग पुग्ने विश्वास लिएको सिद्धार्थ हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए। रिसोर्टले आफ्नो हातामा रहेको पोखरीमा मोटरबोट सयर सेवा समेत राखेको छ। ‘फिस फार्म’ सहितको रिसोर्टमा ज्याकुजी, स्पा लगायत सुविधा उपलब्ध छन्। रिसोर्टले हाल ७५ जनालाई रोजगारी दिएको छ। चाँडै नै क्यासिनो संचालनमा ल्याइ ३८० जनालाई रोजगारी दिने रिसोर्टको योजना छ।









