
कपिलवस्तु
भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले जिल्लाको समग्र विकास प्रति आफु जिम्मेवार रहेको तर्क गर्दै १० पालिकाका प्रमुखलाई जिल्लाका गौरवका योजना पेश गर्न आग्रह गरेको बताउनु भयो । नेकपा ९एमाले०का केन्द्रिय सदस्य समेत रहनु भएका मन्त्री अधिकारीले नेकपा ९एमाले० कपिलवस्तुको १३ औं पूर्ण वैठकलाई विशिष्ट अतिथीको आसनबाट शनिवार पकडीमा सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।
मन्त्री अधिकारीले तीन खम्बे अर्थ नीतिलाई ध्यान दिदै सहकारीको भूमिकालाई अझ स्थापित गर्ने बताउनु भयो । मन्त्री अधिकारीले सहकारीको नाममा गलत गर्नेलाई निरुत्साहित गर्ने र राम्रो गर्ने सहकारीलाई प्रोत्साहन गर्ने स्पष्ट पार्नु भयो । मन्त्री अधिकारीले तत्काल सहकारी दर्ता कार्य रोकिएको बताउदै सहकारीको ब्यवस्थित योजना निर्माण गरी तिव्र गतिमा कार्य सम्पादन गर्ने दावी गर्नु भयो ।