२०८० चैत्र १७, शनिबार ०७:४३

कपिलवस्तु ।

प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप–२०८० चैत्र १७ गतेदेखि शुरू हुने भएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नारासहित प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता चैत्र १७ देखि २४ सम्म बाणगंगाको बुद्धरंगशालमा सञ्चालन हुने जिल्ला फुटबल संघका अध्यक्ष तिलक थापाले जानकारी दिए ।

अध्यक्ष थापाले प्रतियोगितामा ए डिभिजनका क्लबसहित ८ टोलीको सहभागिता रहने छ। जसमा थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, हनामी बीएफसी, सुदूरपश्चिम(११, सहारा क्लब र आयोजक टिमबाट कपिलवस्तु –११ रहेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई ११ लाख ११ हजार १११ र दोस्रो हुनेलाई ५ लाख ५५ हजार ५५५ रुपैयाँ र शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय