२०८० चैत्र २३, शुक्रबार ०६:५७

कपिलवस्तु।

प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधि लागि विभागीय टोली नेपाल पुलिस क्लब र हनामी बीएफसी भिड्ने भएका छन्।

कपिलवस्तुस्थित बुद्ध रंगशालामा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा हनामीले सुदूरपश्चिम–११ लाई ३–० गोल अन्तरले पराजित गर्दै पुलिससँगको भेट सुनिस्चत गरेको हो। हनामीको जितमा विकास थापाले दुई गोल गरे एक गोल तेजेन्द्र चौधरीले गरे।

खेलको १३औँ मिनेटमा तेजेन्द्रले गोल गर्दै हनामीलाई शुरूआती अग्रता लिएको थियो । खेलको ३६औँ र ६१औँ मिनेटमा विकासले गोल गर्दै हनामीलाई ३–१ ले विजयी गराए। खेलको म्यान अफ दी म्याच विकास भए।

उनलाई १० हजार रुपैयाँ गाई छापले सौजन्य गरेको थियो । कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल शनिबार हुने आयोजकले जनाएको छ।

पुलिसले बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय