नारायण पाण्डे कपिलवस्तु
बाणगंगा १ मा रहेको शिव मन्दिर सामुदायिक वनमा लागेको आगो करिब २४ घण्टा पछि नियन्त्रणमा आएको छ । सोमबार साँझ देखि लागेको आगो बल्ल नियन्त्रण आउन सकेको हो । डढेलोका कारण १ बिघा क्षेत्रफलमा आगो लागेको हुदा वनका काठ नष्ट हुँदा करिब ६ लाख बढीको क्षति भएका वनका अध्यक्ष झलक मल्ल ठकुरीले बुद्ध आवाजलाई बताउनुभयो । नगरपालिकाको दमकल, नगरप्रहरी, सामुदायिक वनका पदाधिकारी, कर्मचारी, उपभोक्ता लगायतको प्रयाशले लामो समयदेखिको आगो नियन्त्रणमा ल्याउन सफल भएको उहाँले बताउनुभयो ।
आगलागि बाट कटान भैरहेका ४५ गोलिया सङ्गै रोपिएका साना विरुवा समेत नष्ट भएका छन ।