२०८१ बैशाख ५, बुधबार ११:१०

बुटवल 
आफ्नो निक्षेप फिर्ताको माग गर्दै मंगलबार बुटवल प्रदर्शनमा उत्रिएका सुप्रिम सहकारीका बचतकर्ता । प्रदर्शनमा सहभागीले सहकारी ‘ठगी बन्द गर, दोषीलाई कारबाही गर, रगत–पसिनाको कमाइ ठगी गर्न पाइँदैन, बचत रकम फिर्ता गर’लगायत नारा लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेका थिए ।उनीहरूले सहकारी ठगीका आरोपी जिबी राई पक्राउ नपर्नुको कारण माग गरे । गृहमन्त्री रवि लामिछानेबारे पनि उनीहरूले प्रश्न उठाएका छन् ।

सुप्रिम सहकारी ठगीबारे प्रहरीले गरेको अनुसन्धानबाट प्रक्रिया पूरा नगरी करोडौँ रकम हिनामिना भएको फेला परेको छ ।सहकारीमा १० हजारभन्दा बढी बचतकर्ताको एक अर्बभन्दा पनि बढी बचत हिनामिना भएको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय