बुटवल ।
गुल्मीमा शुक्रबार दिउँसो देखि जिल्लाका बिभिन्न बन जंगलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।
गुल्मीदरबार गाउँपालिका ३ र ४ को बिचमा पर्ने बनमा आगलागी हुँदा बिद्युत प्राधिकरणको बिरबास सव स्टेशनको स्टोरको सामग्री जलेर दुई करोड भन्दा बढिको क्षति भएको बिद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले जानकारी दिए ।
त्यस्तै शनिवार दिउँसो जिल्लाभर हावाहुरी संगै विभिन्न स्थानमा आगोलागी भएर गाउँवासी त्रसित बनेका छन । धुर्कोट गाउँपालिका ६ को धुरको बनमा आगोलागि हुँदा कैयौं घर गोठहरु उच्च जोखिममा रहेको स्थानिय वासी तथा पत्रकार भरत पाण्डेले जानकारी दिए ।
त्यस्तै इस्मा गाउँपालिका ४ को पंंग्रेनी जंंगलमा लागेको हागो हुला गाउँमा फैलिएर तिन वटा गोठ जलेर नष्ट भएको , एउटा लैनो भैसी , एउटा गाई र १० वटा बाख्रा मरेको जानकारी दिदै त्यस वडाका वडाध्यक्ष मानबहादुर बस्नेतले भने इस्मा प्रहरी गाउँबासीहरु घरहरु जल्नबाट जोगाउन लागेको बताए।
त्यस्तै इस्मा गाउँपालिका २ को रानी बनमा लागेको आगो सिधुङखा गाउँमा फैलिदा १५ देखि १६ वटा घर जलेको अनुमान गर्न सकिने तर धुँवाले केहि देख्न नसकिने स्थानीय राजन कुँवले जानकारी दिए । पशु चौपायहरु धेरै मरेको तर मानविय क्षति नभएको भन्दै कुँवरले भने स्थानीयवासी पानी पिउन नपाएर कराई रहेको छन ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले तीन वटै सुरक्षा निकाय परिचालन गरिएको तर पर्याप्त नहुने भएकोले आम नागरिक जुट्न अपिल गरे ।