२०८१ बैशाख १३, बिहीबार १४:१३

टोकियो जापान

जापानको, कावासाकी शहरको १५ औं विदेशी नागरिक प्रतिनिधि छनौट पछिको पहिलो सभा सम्पन्न भएको छ ।

खुला अन्तर्बार्ता छनोट प्रकृयाबाट सहरमा बसोबास गर्ने बिभिन्न २६ देशका प्रतिनिधिलाई नियुक्त गरेको छ । कावासाकि नगरपालीकाले आफ्नो सहरमा बसोबास गर्ने बिदेशि नागरिकका समस्या र समाधान सुन्नको लागि नेपाली प्रतिनिधि नारायण पोखरेललाई चयन गरेको छ।

अबको दुई वर्ष स्थानीय समुदायमा बस्ने शिक्षा, कल्याण र स्थानीय बासिन्दासँग अन्तरक्रिया जस्ता विषयहरूमा छलफल गर्नेछन् । कावासाकि सिटिमा बसोबास गर्ने बिदेशि नागरिकले भोग्दै आईरहेका समस्या हरु माथि छलफल गर्दै समाधानकालागि सल्लाह सुझाव एक मुष्ठ मेयरलाई लाई बुझाउनेछन् । मेयरले बिदेशि प्रतिनिधिबाट प्राप्त सुचनाका आधारमा निति नियम तहमा निर्णय गर्नेछन् ।

कावासाकि सहरमा करिब १५ लाख ५० हजार जनसंख्या मध्ये करिब ५२००० बिदेशि नागरिक बसोबास गर्दछन् ।

२ बर्षे कार्यकालको पहिलो बैठकमा सहभागि कावासाकि नगरपालिकाका मेयर नोरिहिको फुकुदाले सबैलाई शुभकामना व्यक्त गर्दै भने, ‘विविधता नै सम्भावना र विकासको आधारशिला हो” । त्यसपछि प्रतिनिधिहरुले आ–आफ्ना २ बर्ष भित्रमा आफुले गर्न सक्ने बिचारका बारेमा एक एक गरी बोलेका थिए ।प्राय प्रतिनिधिहरुले प्रकोप रोकथाम, चिकित्सा हेरचाह, र शिक्षा बारे छलफल गर्ने इच्छा व्यक्त गरेका थिए ।

कावासाकि सहरले विदेशीलाई सहभागी गराउने उद्देश्यले सन् १९९६ मा अध्यादेशमार्फत प्रतिनिधि परिषद्को स्थापना भएको हो । कावासाकि अन्तराष्ट्रिय प्रतिनिधि परिषदले विदेशीहरूलाई निजी घर भाडामा लिन सजिलो बनाउने र वडा कार्यालय, नागरिक केन्द्र र पुस्तकालयहरूमा विदेशीहरूका लागि सूचना केन्द्रको स्थापना गर्ने प्रणाली अहिले जापान भर स्थापित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय