२०८१ बैशाख १३, बिहीबार १४:१८

टोकियो जापान।

२४ तारिख लण्डनको विदेशी मुद्रा विनिमय बजारमा, जापानी येनको अवमूल्यनले थप गति लियो र येनको विनिमय दर अस्थायी रूपमा डलरको तुलनामा प्रति डलर १५५ येनको स्तरमा झर्यो । यो सन् १९९० पछिको करिब ३४ वर्षमा येनमा देखिएको उच्च गिरावट हो।

२४ तारिख, लन्डन विदेशी विनिमय मुद्रा विनिमय बजारमा अमेरिकी अर्थतन्त्र बलियो देखिएको र फेडरल रिजर्भले ब्याजदर घटाउन ढिलो गर्ने धारणा बढेकाले जापान र अमेरिकाबीचको ब्याजदर भिन्नता कायम रहने अनुमान पश्चात येन बेचेर डलर किन्नेहरुको संख्या बढ्न गइ जापानी येनको भाउ अवमूल्यन भयो ।

जापानी येन ऐतिहासिकरुपमा कमजोर बन्दा आम उपभोक्ताहरु चर्को मर्कामा परिरहेका छन्। दैनिक उपभोग्य वस्तुहरु अधिकांश आयातित् हुने भएकाले साविकभन्दा चर्को मूल्य तिर्न बाध्य भएका छन् ।यसका साथै रेमिट्यान्स गरेर रकम पठाउनेहरु कमजोर येनका थप मर्कामा परिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय