शागर बेल्बासे
अहिलेको समयमा मा कम्प्युटर शिक्षा बिना कुनै पनि संघ संस्था होस या राज्यका धेरै निकायमा रोजगार को ढोका प्राय बन्द जस्तै हुन्छ।पछिल्लो समय कम्प्युटर प्राबिधिक शिक्षालय अहिलेका विद्यार्थी को अत्यन्तै आकर्षण मा पर्ने गरेको छ।नियमित शिक्षा का विद्यार्थी मात्रै नभै धेरै ब्यापार ब्यबसाय मा आवद्ध उद्योगि ब्यबसाइ समेत कम्प्युटर शिक्षा बिना आआफ्ना ब्यापार ब्यबसाय प्रवर्द्धन गर्न नसकिने हुंदा धेरै बर्ग नै कम्प्युटर शिक्षा का लागि आकर्सित नै रहेको पाइन्छ।कपिलवस्तुको बाणगङ्गामा करिब १२र१३ बर्सदेखि कम्प्युटर शिक्षा को सेवा प्रदान गरिरहेको युनिक कम्प्युटर ईन्स्टिच्युट ले २०७९र८० को १ बर्से डिप्लोमा कोर्स उत्रीण विद्यार्थी लाई एक कार्यक्रम का बिच शैक्षिक प्रमाणपत्र प्रदान गरेको छ ।
राइटस्टेप एजुकेसन एकेडेमी को सहकार्य मा संचालित उक्त १ बर्से डिप्लोमा कोर्स को शैक्षिक प्रमाणपत्र ले संसार का धेरै देशमा मान्यता प्राप्त गर्ने क्ष्क्इ मान्यता प्राप्त प्रमाणपत्र रहेको संचालक दिपेन्द्र पौडेलले बताउनुभएको छ।युनिक कम्प्युटर ईन्स्टिच्युट का संचालक घनश्याम चौधरी को अध्यक्षता मा भएको आजको कार्यक्रम मा प्रमुख अतिथिका रुपमा एडुक्लिड कन्सल्टिङ्ग काठमाडौ का संचालक शम्भु कार्कि,बिशिस्ट अतिथि मेघाटेक ईन्स्टिच्युट सालझन्डिका संचालक यमलाल खरेल,अतिथी मेघाटेक ईन्स्टिच्युट हरैया का शाखा प्रमुख जीवन खनाल,अभिभावक वसन्त बहादुर क्षेत्री,कोरियन भाषा प्रशिक्षक शंकर पौडेल हुनुहुन्थ्यो।कार्यक्रम मा राइटस्टेप एजुकेसन एकेडेमी का संचालक दिपेन्द्र पौडेल ले स्वागत मन्तव्य राख्नुभएको थियो।विद्यार्थी हरुको उच्च शैक्षिक सफलता को कामना सहित विभिन्न भाषा कक्षा को सहजीकरण का लागि पनि आफुहरुले बिशेष सहयोग पुराउने कुरा को जानकारी गराउदै प्रमुख अतिथि सम्भु कार्की,विशिष्ट अतिथी यमलाल खरेल लगायत ले शुभकामना मन्तव्य राख्नुभएको थियो।आजको कार्यक्रम मा गत शैक्षिक सत्रका ८० जना प्रशिक्षार्थी लाई प्रमाणपत्र प्रदान गरिएको थियो।गत शैक्षिकसत्र को उत्कृष्ट नतिजा सहित ॠषि न्यौपाने ८६।२ ५ अंक सहित प्रथम स्थानमा ८६५ अंक सहित कृष्ण पौडेल दोस्रो स्थानमा र ८४।५ ५ अंक सहित चन्दा पाण्डे तेस्रो स्थान आएका विद्यार्थी हरुलाइ मायाको चिनो सहित पुरस्कृत गरिएको प्रशिक्षक उर्मिला चौधरी र करिश्मा पाण्डे ले जानकारी गराउनुभएको छ।



कम्प्युटर शिक्षा प्रदान गर्ने धेरै संस्थाहरु भएपनी क्ष्क्इ मान्यता प्राप्त प्रमाणपत्र को महत्त्वलाई बुझ्दै सरल ढङ्गबाट प्रदान गरिने आफ्नो संस्थाको शैक्षिक सेवा लिन का लागि आम विद्यार्थी हरुमा जानकारी सहित आजको कार्यक्रम मा सहभागी सबै प्रती धन्यवाद सहित कार्यक्रम का अध्यक्ष तथा युनिक कम्प्युटर ईन्स्टिच्युट का संचालक घनश्याम चौधरीले कार्यकम को समापन गर्नुभएको थियो।कार्यक्रम को संचालन रेडियोकर्मी तथा राइट्स्टेप एजुकेसन एकेडेमी का पुर्व विद्यार्थी बुद्दी सागर बेल्बासे ले गर्नुभएको थियो।






