२०८१ भाद्र ३, सोमबार १५:१२

काठमाडौं ।

भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले भरतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छन् । आइतबार नयाँ दिल्ली पुगेकी राणाले सोमबार जयशंकरसँग भेटवार्ता गरेकी हुन् ।

भेटवार्ताका क्रममा दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल भएको बताइएको छ । यद्यपी भेटवार्तामा छलफल भएका विषयको विस्तृत विवरण सार्बजनिक हुन बाँकी नै छ । विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमा राणासँगको तस्वीर सार्बजनिक गर्दै भारतमा स्वागत गरेका छन् ।

परराष्ट्रमन्त्री राणाले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिने बताइएको छ ।

मन्त्री बनेपछि राणाको पहिलो विदेश भ्रमण हो । उनी आगामी विहिबार स्वदेश फर्कने तालिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय