२०८१ भाद्र २८, शुक्रबार ०४:१८

कपिलवस्तु
सागर बेल्बासे

कपिलवस्तुको चार नम्बर मा भएको घर जग्गा ब्यबसाइहरुको पहिलो साधारणसभा ले बिस्वराज पौडेल को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति समिति गठन गरेको छ।कार्यक्रम रुपन्देही घरजग्गा तथा आवास समिति सदस्य कृष्ण बहादुर कुंवरको प्रमुख आतिथ्यता मा भएको प्रथम साधारणसभा मा घरजग्गा खरिदबिक्री कर्ता हरुको सहजता,बैधानिकता र बैज्ञानिक ढङ्गले ब्यबासायलाइ अगाडि बढाउने उदेश्य ले कपिलवस्तु मा पनि उक्त संघ लाई केन्द्रिय बिधान को मापदण्ड मा रहेर गठन गरेको अध्यक्ष बिस्वराज पौडेलले जनाउनुभएको छ। कार्यक्रम मा तदर्थ समितिले गरेका विभिन्न क्रियाकलाप का विभिन्न प्रगति प्रतिबेदन मा पनि छलफल गरि अध्यक्ष ,सचिब र कोषाध्यक्ष सहितको तदर्थ समिति लाई धन्यवाद सहित प्रतिबेदन सर्बसम्मत पास गरिएको छ।

उक्त भेलाले बिस्वराज पौडेल अध्यक्ष ,भिम प्रसाद सापकोटा उपाध्यक्ष ,कृष्ण प्रसाद पौडेल कोषाध्यक्ष ,शालिकराम आचार्य सचीव खगेश्वर गिरि सहसचिव र सदस्य हरुमा क्रमशस्बिजय सापकोटा,राम प्रसाद भुसाल,मनोज नेपाली ,बिस्वराज पन्थी,खेमराज पौडेल र बिष्णु प्रसाद घिमिरे सहित को नयाँ समिति गठन गरेको छ।आजकै पहिलो साधारणसभा बाट बेदराज नेपालिको संयोजकत्वमा भोजराज भट्टराई र चुडामणी चुंदाली सदस्य रहेको तीन सदस्यीय लेखा समिति समेत चयन गरेको छ।कार्यक्रम उद्योग ब्यापार संघको सभाहलमा सप्पन्न भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय