सागर बेल्बासे कपिलवस्तु
आमा तिमी मेरो जिवनको उज्यालो घाम थियौ। त्यसैले अरु संग भन्ने गर्छु तिमी र म मा फरक छ नि साथी१
तिमी मन्दिरमा भगवान देख्छौं,
म मेरो आमाको अनुहार।
दिल खोलेर रुनका निम्ती सबैभन्दा उत्तम काख हो आमा१
कुनै घर आमा बिनाको नहोस् अनि कुनै आमा घर बिनाको नहोस्।
माया दियौं ममता दियौं सहेर दुस्ख कष्ट संसार देखायो आमा तिमी माहान हौ।
आमा चाहे पढेको होस् या अन्पढ होस् तर संसारको सबैभन्दा बहुमूल्य जान आमाबाट नै प्राप्त हुन्छ।
मानिसको जवानी बिस्तारै ढल्दै जान्छ माया पनि बिस्तारै कम हुदैं जान्छ आफन्त साथीभाई पनि बिस्तारै टाढा हुदै जान्छन् तर एक आमाको माया जस्तो सुकै अवस्थामा पनि कम हुँदैन। तर एउटा सन्तान आमाको लागि एक दिन पनि त्याग गर्न सक्दैन ।
आमाले कहिले आफनो जिन्दगी जिउने सकेन, हाम्रै जिन्दगी बनाउदै बनाउदै महंगो खाटमा र सिरक ओढेर सुत्दा पनि त्यति न्यानो निन्द्रा लाग्दैन जति तिम्रो अंगालोमा बाँधिदा लाग्छ आमा
जब म बिरामी हुन्छु, औषधि भन्दा पहिला तिम्रो याद आउँछ आमा
आमा छिन र पो हिम्मत आउँछ नत्र जिन्दगी सित हारि सक्थे
मेरी आमा जिवनमा कसैले निस्वार्थ सच्चा माया गर्छ भने त्यो हो आमा।।
उमेर जुनसुकै होस् तर आज पनि सानो घाउ लाग्दा पहिलो शब्द मुखमा आउने आमा नै हो ।
आमाको भार बोक्नु परयो भनेर कहिल्यै पनि दुस्खि नहुनुहोस् किनकी आमाले तपाईंको भार नौ महिना सहेर संसार देखाएकि थिईन।
म आज जे छु र जे हुने आशा राख्दछु त्यो मेरो आमाको भोको पेट र खाली खुट्टाको त्याग को फल हो ।
आमाको सबैको ठाउँ लिन सविछन तर संसारमा कसैले पनि आमाको ठाउँ लिन सक्दैन्।
समय बदलिन्छ, मौसम बदलिन्छ,साथी बदलिन्छ यतिसम्म कि तपाईंको जिवनसाथी पनि बदलिन्छ तर आमाको माया र आमाको मन कहिले पनि बदलिदैन।
संसारमा हरेक चिज गुमाएपछि अर्को पटक पनि पाउन सकिन्छ तर आमा दोस्रो पटक कहिले पाउन सकिदैन ।।।।
संसारको सबैभन्दा धनी मानिस पनि आफनी आमा बिना गरिब नै हुन्छ।।।
मैले मेरो जिवनमा देखेका महिलाहरु मध्ये मेरी आमा सबैभन्दा राम्री महिला हुन।
आमा, तिमि मेरो जीवनको उज्यालो घाम थियौ
बाँच्ने साहस दिलाएर टाढा टाढा गयौं
आमा मलाई मन थियो तिमि सँग हुन
तिम्रा हरेक दुःख सुख छेउमा बसी सुन्न।
जब म बिरामी हुन्छु औषधि भन्दा पहिला याद आउछ आमा।
महंगो खाट मा र सिरक ओढेर सुन्दापनि त्यति न्यानो निद्रा लाग्दैन जति तिम्रो अंगालोमा वाधिदा लाग्छ आमा।।।
आमा फेरि एकपटक तिनै काखमा लुटपुटिन मन छ कोखाई कोखाई गरी गरी लिटो भात अनि जाउलो खान मन छ
तिम्रो इच्छा जान्ने मलाई ठूलो धोको थियो
जिन्दगीको एउटा मोडमा भगवानले साथ छुटाई दियो
आमा तिमि घाम थियौ म छायाँ बनी हिन्थे
आमा तिमि भगवान थियौ म आफूलाई महान ठान्थे ।
शिर झुकाई भगवानलाई दुई हात जोडथे ।।।
आमा तिमि साथमा भए दुनिया नै जित्थे१ तिम्रो इच्छा पूरा गर्ने सपना मा बुन्छु ।तिम्रा ति सम्झनालाई संगालेर राख्छु ।
तिमि टाढा भए पनि सम्झना छ बाँकी
अर्को जुनी आउन मन छ तिम्रै कोख माथि।।।
एक टुक्रो खुसीको किरण देख्छु (सम्झिन्छु १
एक टुक्रो खुसीको सिङ्गै टुक्रोमा त्यो मुहार देख्छु सम्झिन्छु १
मेरा आँखाबाट अनायास पीडा पोखिन लाग्दा
म अक्सर विछ्यौनामा हुन्छुस
जब आँखाका कोशबाट आसुँ बग्दै गएर
कानका लोतीहुँदै तकियामा तप्प झर्छ ।
एकाएक त्यो अनुहार देख्छु सम्झन्छु
आसुँ झर्दैमा कमजोर साबित भइदैन यी वाक्य सुन्छु ( सम्झन्छु म कसरि नसम्झौँ आमा????सम्मान स्वरूप सम्झना समर्पण छ आमा।नामै काफी,शब्दै काफी छ आमा।
✍️ लेखक
समिक्षा बराल।।
बाणगङ्गा ७ बनगाइ ,कपिलवस्तु
२०८१ भाद्र २८, शुक्रबार १८:१६
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech