२०८१ आश्विन ३०, बुधबार १९:१९

शागर बेल्बासे कपिलवस्तु
बडा दशैंको आगमनसँगै देश विदेशमा रहेका हरेक नेपालीहरूको मनमा उमङ्ग छाउनु स्वाभाविकै हो। यसपालीको बडा दशैंको अवसरमा बैरिया युवा समाजको सक्रियतामा बाडगंगा नगरपालिका वार्ड नं १ बैरिया स्थितको श्री नवदुर्गा देवी भगवती मन्दिर दुलही जस्तै झिलीमिली सहित सिगारेर परम्परागत रूपमा चलिआएका र शास्त्रीय मान्यता अनुसार गरिने दैनिक नित्यकर्मका साथमा घटस्थापना सँगै प्रवेश भएको नवरात्र अवधि भरि नवदुर्गादेवी भगवतीको पूजा आराधना सँगै स्थानीय संस्कृति प्रेमिहरुको सन्ध्याकालीन नवदुर्गा आरती अन्य भजनहरु समेतले यस क्षेत्र अत्यन्त रमणीय रहयो। घटस्थापनाको सुरुवात सँगै यस क्षेत्रका आम भक्तजनहरूको इतिहासिक उपस्थितिमा हरेक बेलुका अत्यन्त उत्साहपूर्वक भजन कीर्तन चलाइ यस वर्षको नवरात्र पूजा सँगै कोजाग्रत पुर्णिामा को दिन अर्थात भोलि कार्तिक १ गतेका दिन बिहान १० बजेदेखि सहयोगी दाताको सम्मान संगै परम्परागत रुपमा गरिदै आएको सराय नाच शुरु हुने कुरा मन्दिर ब्यबस्थापन समिति अध्यक्ष चेत नारायण कंडेलले जनाउनु भएको छ।सराय नाच लाई अझ भब्य ढङ्गले प्रस्तुत गर्न नेपाली परम्परागत लोक संस्कृति प्रतिस्ठान का अध्यक्ष बुद्दी सागर बेल्वासेको संयोजकत्वमा टिम बनाइ उत्कृष्ट प्रस्तुति का लागि युवा समाज सक्रियता पुर्वक लागिरहेको बैरिया युवा समाजका अध्यक्ष बिस्णु घिमिरेले जनाउनुभएको छ। भोलि हुने सराय नाचमा नौमती बाजागाजा सहित महिला टिम समेतको आकर्षक सराय प्रस्तुति रहने भएकाले सबैलाई उक्त सराय अबलोकन गर्न उपस्थित हुन समेत संयोजक बेल्बासे ले आग्रह गर्नुभएको छ।छोटो समयमै युवा समाजको सक्रियता मा यश क्षेत्रमा सरसफाइ ,बाताबरण संरक्षण ,धर्म ,संस्कृति संरक्षणमा का क्रियाकलाप मा महत्त्वपूर्ण योगदान देखाइ सकेकोले मन्दिरमा बिगत देखि भैरहेका क्रियाकलाप लाई युवा समाज संग सहकार्य गरि यश बर्सको नवरात्र संगै सरायँ नाचको जिम्मेवारी प्रदान गरिएको मन्दिर ब्यबस्थापन समितिले जनाउनुभएको छ।युवा समाज मा यश क्षेत्र का उद्योगि,ब्यबसाइ कर्मचारी समाजसेवी क्रमश सुरेश क्षेत्री, राजु पन्त, मनोज पौडेल,झविलाल भट्टराई ,ज्ञानु पौडेल ,श्याम घिमिरे , भुमेश्वर खनाल, सोनु पौडेल वीरेन्द्र श्रेष्ठ ,नारायण श्रेष्ठ, महेश पन्त ,लिलावती घिमिरे ,बुद्धिसागर बेलबासे, नवदत्त घिमिरे ,दोलकराम घिमिरे,उमनाथ पौडेल,नारायण पौडेल ,सुवर्ण शमशेर घिमिरे ,डिल्लीराज खनाल, विष्णु घिमिरे , केशव कँडेल, हिमालय भुषाल लगायत यस क्षेत्रका धेरै युवाहरूको सक्रिय सहभागिता रहेको छ। साथै उक्त सरायँ नाच भव्य रुपमा सफल बनाउनका निम्ति लायन्स क्लब कपिलवस्तुको तर्फबाट समेत १५ जना सदस्यहरु उपस्थित गराउने लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष नवदत्त घिमिरेले जानकारी गराउनुभएको छ।युवा सामाज को रचनात्मक क्रियाकलाप ले यश क्षेत्र को सामाजिक रुपान्तरण मा समेत स्थानीय स्तरमा ठूलो आशा पलाएको छ।भोलि हुने सराय नाचलाइ एतिहासिक बनाएर अब सराय नाच हेर्न टाढा टाढा हैन बैरिया जानू पर्छ भन्ने बनाउने तयारी पूरा भएको छ।साथै सराय नाच संगै शंख घण्टी का ध्वनि संगै मौलिक मालश्री गायन का लागि शास्त्रीय जानकार तथा हरिहर संस्कृत गुरुकुल देवघाट ,श्री गार्गी कन्या गुरुकुल देवघाट ,मनकामना संस्कृत बिद्यापिठ नन्दनगर का कुमार तथा कन्या बटुकहरुको सहभागिता,आलम को दर्शन,घटस्थापना मा स्थापित घडाका जल द्वारा शोस्ती शान्ती,टीका प्रसाद ग्रहण गरि भरपुर मनोरञ्जन संगै पुण्य प्राप्त गर्ने अवसरमा उपस्थित हुन सम्पूर्ण भक्तजनलाइ आयोजक परिवारले सादर निमन्त्रणा गरेको संयोजक बुद्दी सागर बेल्बासेले जनाउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय